प्रमुख समाचार

नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला


१ माघ, काठमाडौं  । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह अब नेपालले प्रयोग गर्न पाउने छ । नेपाल र चीनबीच रसुवाको केरुङ्ग, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका भएर ब्यापार गर्न सक्ने समझदारी भएको थियो । तर, बन्दरगाहसम्मको पहुँच भने तत्कालका लागि हाल चल्तीको रसुवाको केरुङ्ग नाकाबाट मात्रै हुनेछ ।

गत आर्थिक वर्ष नेपालले भारत र चीनसँग मात्रै ११ खर्ब ८६ अर्बभन्दा धेरैको व्यापार गरेको थियो । नेपालको कुल व्यापार १४ खर्ब १८ अर्ब ५३ करोडमध्ये भारतसँग मात्र ९ खर्ब ७९ अर्बभन्दा धेरैको भयो भने चीनसँग २ खर्ब ७ अर्ब ६१ करोडको व्यापार भयो । बाँकी २ खर्ब ३२ अर्बको भन्दा धेरैको व्यापार भने तेस्रो मुलुकसंग भएको भन्सार विभागले जनाएको छ ।

नेपालले चीनका चार समुन्द्री बन्दरगाहबाट व्यापार अनुमति पाएसँगै झण्डै ४ खर्बको (चीनसँग २ खर्बभन्दा धेरै र तेस्रो मुलुकसँग २ खर्ब ३२ अर्बभन्दा धेरै) व्यापार अब हिमाल छिचोलेर चीनीयाँ बन्दरगाहमार्फत गर्न बाटो खुलेको छ ।

बन्दरगाहको दूरी

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म नेपालले अनुमति पाएका समुन्द्री बन्दरगाहबाट रेलमार्फत ढुवानी सुबिधा उपलब्ध छ । नेपालले चीनीयाँ बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्दा अनुमतिप्राप्त बन्दरगाहबाट सिगात्सेसम्म रेल सुबिधा प्रयोग गर्न सक्नेछ । सिगात्सेबाट केरुङ्ग हुंदै काठमाडौंसम्म भने सडकमार्फत कन्टेनरबाट व्यापार हुने छ ।

सडकमार्फत सिगात्सेबाट काठमाडौँ आईपुग्न ७३४ किलोमिटर यात्रा गर्नु पर्ने छ । काठमाडौंबाट केरुङ्गसम्मको दुरी १ सय ८७ किलोमिटर छ भने केरुङ्गबाट सिगात्से पुग्न ५ सय ४८ किलोमिटर यात्रा गर्नुपर्छ । यसका अलवा ती बन्दरगाह भएर नजिकको विमानस्थलबाट हवाइजहाजमा पनि नेपालले व्यापार गर्न सक्नेछ ।

नेपालले प्रयोग गर्ने बन्दरगाह

थियान्जिङः

गेट वे अफ बेइजिङ नामले चिनिने यो बन्दरगाह हेवेइ प्रान्तमा पर्छ । दक्षिणपूर्वी पित सागरको बोहाई खाडीमा रहेको यो बन्दरगाह सिगात्सेबाट ३ हजार ८ सय ३८ किलोमिटर दुरीमा अवस्थित छ । त्यसमा काठमाडौँ–सिगात्से दुरी ७३४ किलोमिटर जोडिदा ४५ सय ७२ किलोमिटर हुन आउँछ । हवाई मार्गबाट ३२ सय किलोमिटर दुरीमा यो बन्दरगाह पर्छ ।

झान्जिङ

झान्जिआन खाडीको तटमा अवस्थित यो बन्दरगाह भियतानामको राजधानी हनोइबाट ४ सय ७० किलोमिटर दुरीमा पर्छ । यो बन्दरगाहसम्म पुग्न काठमाडौँबाट ४ हजार ३ किलोमिटर सडक मार्ग छिचोल्न पर्छ भने २ हजार ६ सय ४० किलोमिटर हवाई यात्रा गर्नु पर्छ ।

सेन्जेन

चीनको ग्वाण्डोङ प्रान्तमा सेन्जेन बन्दरगाह अवस्थित छ । यसलाई हङकङबाट नजिकको बन्दरगाह भनेर पनि चिनिन्छ । काठमाडौंबाट सडकमार्गको दुरी ५ हजार ४ सय १७ किलोमिटर पर्छ भने हवाइ मार्गको दुरी २ हजार ९ सय ३३ किलोमिटर रहेको छ ।

लियाङयुङ : चीनको जिआङसु प्रान्तमा यो बन्दरगाह अवस्थित छ । यो बन्दरगाह पुग्न काठमाडौंबाट सडक मार्गमार्फत ४ हजार ६ सय ९१ किलोमिटर यात्रा गर्नु पर्छ भने हवाई मार्गको दुरी ३ हजार ३ सय २ किलोमिटर मात्रै पर्छ ।

सहज रुटका लागि छलफल

चीनले नेपाललाई दिएका बन्दरगाहसम्म पुग्ने सहजताका लागि तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले सहजीकरण थालेको वाणिज्य मन्त्रालयले जनाएको छ । चिनीयाँ बन्दरगाह भएर गरिने व्यापार सहजीकरण गर्न समिति नै बनाइएको छ ।

अर्थमन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग तथा नीजि क्षेत्रको रायसहित थप छलफल उक्त समितिले गर्ने बताइएको छ । बन्दरगाह प्रयोगको बाटो भर्खरै खुलेका कारण व्यवसायीले उक्त नाका भएर बन्दरगाहसम्मको ब्यापार भने नगरेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

निजी क्षेत्र उत्साहित

उत्तरी छिमेकी देश चीनको बन्दरगाह भएर तेस्रो मुलुकसम्म ब्यापारका लागि खोलेको मार्गले व्यावसायीहरु उत्साहित बनेका. छन् । नेपाल चेम्बरअफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनसँगको पारबहन सम्झौताले नेपालको ब्यापारमा ठूलो अर्थ राख्ने बताउँछन् ।

‘नयाँ बाटो, नयाँ शहर र नयाँ बजारका लागि सरकारले सह्राहनीय काम गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

खुल्ला भएका बन्दरगाह प्रयोग गरेर व्यापार अघि बढाउन व्यवसायीहरु उत्साहित रहेको भन्दै उनले सहजिकरणका लागि सरकारले कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान बन्दरगाह खुल्नु राम्रो भए पनि बन्दरगाहको फाइदा लिन पूर्वाधार भने दयनीय रहेको बताउँछन् ।

बुध, माघ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परे

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको  छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।...

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न भएको छ / गोंगबु टोखा नगरपालिका स्थित नेशनल मोडेल साइन्स स्कुलको सभा हलमा भएको उक्त साधारण सभाका सभापति सोहि शाखाका अध्यक्ष निरन्जन से डाईको सभापतित्वमा भएको थियो /कार्यक्रममा काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष बिशेष अतिथ्यिमा र टोखा नपा वडा...

पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेने

काठमाण्डाै – पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेकाे छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली...

७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिए

१३ पुस, काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत...

चाबहिलमा तनाव, गाडीमा आगजनी र तोडफोड

काठमाडौं, ७ पुष । सुकेधारा नजिकै एक यात्रुबाहक बसले एकजना क्याम्पस जान लागेकी छात्रालाइ ठक्कर दिँदा उनी घाइते भएकी छिन् । घटनापछि आक्रोशित विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै...

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका अतिक्रमणबारे ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

डिसी । नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक...