परको कुरा

नालामा माघे सक्रन्ती


माघे सक्रन्ती आउनु अगाडी नै नालाका मानिसहरु आफ्नो खेत बारीमा रहेको तरुल खनेर घरमा ल्याउन्छ्न / माघ महिनाको प्रथम दिन माघे सक्रन्ती मनाउछन / माघे सक्रन्ती दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र उक्त दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होम जाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ ।माघे सक्रन्ती दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।

वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई “उत्तरायण र दक्षिणायन” भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

उत्तरायणको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हुन्छ  शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

उत्तरायणको बेला दिनहरु लामो र रातहरु छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।

विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगार्इ, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त अाजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ । उक्त दिन घाममा बसेर तेल लगाउने गर्दछ /

महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभुमीमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ ।  चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । माघे सङ्क्रान्तिको दिनमा हरेक १२ बर्षमा पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।

बुध, माघ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भिजिट नेपाल २०२०

आउनुहोस विश्वका पर्यटकहरु हो मेरो नेपाल हेर्नुहोस यो विश्वको एउटा यस्तो देश हो जसलाई मन्दिरै मन्दिरको देशले चिनिन्छ मेरा पुर्खाले कुनै मुलुकको एक पैसा सहयोग नलिकन थुप्रै कलात्मक मन्दिर र पाटी पौवाहरु बनाए तर आज मर्मत गर्न नसकेर पुन निर्माण गर्न नसकेर हात थापिरहेछ मेरो सरकार राम्ररी हेर्नुहोस ++++++++++++++++ आउनुहोस विश्वका पर्यटकहरु हो प्राकृतिकले दिएको अनुपम हिमालहरु तपाइको महँगो क्यामेराले कैद...

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन सपना बिस्ट

मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल एक्टर बन्ने सपनाको लक्ष्य  छ । हाल उनी विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि भाग लिदैछिन ।भन्छिन एउटा कलाकार बन्ने मेरो चाहना हो ।पढाइसगै म...

ऋतु अनुसारको आफ्नो उब्जनी ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन नेवार समुदायको आफ्नै पहिचान हो / यो समुदायमा मौसम अनुसारको खानेकुराले शरिरलाई मौसम अनुकुल बनाउने र स्वस्थ हुने जनविश्वास रहेको छ ।यसैको एउटा उदाहरण हो सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) । यस अवसरमा नेवार समुदायले...

भाइटिकामा आउँदैछु दिदी

कंक्रिट जंगलमा हराउंदै बसेको धेरै भो दिदी यसपाली भाइटिका जरुर आउंछु पोहर अलि बढी ऋण अलि  बढी जिम्मेवारी अलि बढी धारे हात लाउने धेरै थिए ####### परार सालको तिहारको दिनमा खेलेको जुवाले पोहर तिहार मनाउन पाइन दिदी सदा त्यो जुवा तासलाई तिलान्जली दिएर यस पालि शुभ तिहार मनाउन आउंदै छु फेरिएको इच्छाका काँचुली देखाउन       ...

बानेश्वरकी अनिता थापा सप्ताहन्तमा प्रायः छोरी लिएर घुम्न जाने ठाउँ हो, रानीबारी सामुदायिक वन। काठमाडौं कंक्रिट जंगलमा परिणत भइरहेका बेला पाँचवर्षे छोरीलाई प्रकृतिसँग घुलमिल गराउन मध्यसहरको यो वन उपयोगी भएको उनी बताउँछिन्। ‘म नजिकै बस्ने भए सधैंजसो जान्थेँ होला,’ उनी भन्छिन्, ‘यहाँ धेरै प्रकारका पुतली, कीराकिरी, चराचुरुङ्गी...