विचार

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताए


अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ।

महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ।

“त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,” अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ।

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

धुँवा कसरी पृथ्वी घुम्छ?

नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्।

त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ।

“त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,” नासाले भनेको छ।

न्यूजील्याण्डतर्फ जाँदै गरेको धुँवातस्वीर कपीराइटNASA
Image captionन्यूजील्याण्डतर्फ जाँदै गरेको धुँवा

नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।

जमिनमा असर

नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ।

न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ।

अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।

बुध, माघ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...

नेपाली बोराका झोला अमेरिका र जर्मनीमा

स्कुल पढ्दाताका कपडाको झोला बारम्बार च्यातिन्थ्यो। पटकपटक सिउँदा पनि पार नलागेपछि आमाको धैर्य टुट्थ्यो र भन्नुहुन्थ्यो– अब तँलाई बोराको झोला सिलाइदिने हो। त्यही बोक! बोराको झोला राम्रो हुँदैनथ्यो, हत्तपत्त फाट्दैन भन्ने आमाको विश्वास थियो। आर्थिक अवस्था कमजोर भएका धेरैले स्कुल पढ्दा बोराको झोला बोक्नु सामान्य थियो। पछिल्लो पुस्ताका...

पाल्पाली संगम साहित्य विभागको आयोजनामा छलफल तथा शुभकामना कार्यक्रम

असोज, काठमाण्डौं । पाल्पाली संगम साहित्य विभाग (समिति) को आयोजनामा छलफल तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । साहित्यकार प्रा.गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यता, डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपति, प्राज्ञ बिष्णु प्रभात, कमला देवकोटा लगायतको उपस्थितिमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साहित्य विभागका संयोजक सिता...

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शन

चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन...

लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ

हाम्रो देशमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो...