पर्यटन

हिमपहिरो, नेपाली गाइडसहित ९ पर्यटक सम्पर्कबिहीन


माघ, पोखरा । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ ।

हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ ।

पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।

जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेतिर देउरालीनजिकै हिमपहिरोको खबर आएको टान पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

हिमपहिरो गएको क्षेत्रमा हिमपात परिरहेको र जसका कारण सञ्चार सम्पर्क नहुँदा एकिन तथ्यांक नआएको प्रहरी बताउँछ ।

शनि, माघ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने

 पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई...

बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ

साउन, काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ । पोस्टर अंकित बसहरु...

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

काठमाडौ आइरहेको इत्तिहाद एयरको जहाज अर्को जहाजसँग आकाशमै ठोक्किनबाट जोगियो

काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बचेका छन् । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,०००...

 पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला

काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र...