राजनिति

अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति


काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ।

शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नै एमसिसी परियोजना, इण्डो प्यासिफिककै अंग भएको भन्दै विरोध भइरहेको छ।

गत मंसिर र पुसमा गरी एक साता बसेको सत्तारूढ नेकपा स्थायी समिति बैठकमा एमसिसीको विषयमा बहस भएको थियो। पूर्वमाओवादी पक्षधर स्थायी समिति सदस्य र माधवकुमार नेपाल पक्षधर स्थायी समिति सदस्यहरूले एमसिसीलाई पारित गर्नका लागि धेरै विषयमा प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए।

एमसिसी अमेरिकाले अगाडि सारेको इण्डो प्यासिफिक रणनीतिको अंग हो कि होइन भन्ने प्रष्ट भएर मात्रै यसलाई पारित गर्नुपर्ने उनीहरूको धारणा थियो।

नेकपा स्थायी कमिटी बैठकमा यसबारे निर्णय हुन नसकेपछि यसको टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिइएको थियो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने एमसिसी परियोजना कार्यान्वयन गर्न माग गर्दै आइरहेको छ।

यी हुन् दूतावासले सार्वजनिक गरेका १० बुँदा :

१. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसिसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी  गरेको हो।

२.प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसिसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए।

३.एमसिसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित छ। विद्युतको लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत् आर्थिक विकासलाई सघाउने परियोजनाको लक्षय हो।

४.एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वासतवमा अमेरिकी कानुनले कुनै पनि एससिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।

५.एमसिसीमा सहभागी हुनको लागि कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नु पर्दैन।

६.यो ५० करोड डलरको एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन। नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न  प्रतिवद्ध हुनु मात्र हो।

७.एमसिसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूको आधारमा नेपालीहरूले नै  प्रस्ताव वा निर्क्यौल गरेका हुन्।

८.एससिसीका प्रावधान अनुसार यी परियोजनाहरूको कायान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउन आवश्यक छ।

९.एमसिसी परियोजनाका टेण्डरहरू खुला पारदर्शी र सबैका लागि उपलब्ध छन्।

१०.एमसिसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरूरी छ। यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरूलाई परियोजनाको बारेमा बुझ्ने अवसर पनि प्राप्त हुन्छ।

शनि, माघ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् । नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् । आज स्थानीयहरुले...

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु

९ माघ, काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको...

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालय पाए

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानुन...

राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु

काठमाडौँ । आज पुस २४ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु प्रकाशित गरेका छन् । नागरिक दैनिकका अनुसार संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले...

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ। सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका...

धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परे

धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र  नेपाल पत्रकार महासंघ धनुषा शाखा  कार्यालयबाट १५० मिटरको दूरीमा  शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो । अहिले शंकास्पद बस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ  । घटनास्थलमा व्यापक रूपमा प्रहरी...