खेलकुद

दशरथ रंगशालाको मैदान एक दिनको वर्षा पनि नधान्ने


देशको सबैभन्दा ठूलो लिग सहिद स्मारक ए डिभिजन लिगको गत संस्करणका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भए।

चार वर्षपछि लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको रौनक फर्कने विश्वास गरेको थियो। तर एन्फाले सोचे जस्तो भएन। रेलिगेशनबिनाको लिगमा न त दर्शक आए न त रोमाञ्चक प्रतिस्पर्धा भए।

एन्फा कम्प्लेक्समा थोरै मात्र दर्शक अट्ने भएकाले लिगमा दर्शक कम आएको एन्फाको भनाइ थियो। यो सिजनदेखिको लिग दशरथ रंगशालामा आयोजना हुँदा लिगको साख फर्कने एन्फाको दाबी थियो।

भूकम्पपछि नेपाली खेलाडी पहिलो पटक रंगशालामा लिगका फर्कदा दर्शक पनि फर्कने विश्वास थियो।

तर सोचेको जस्तो यस वर्प पनि भएन। न दर्शक आए, न लिगका सबै रंगशालामा हुन सके।

लिगको उद्घाटन खेल रंगशालामा गर्ने तयारी गरे पनि वर्षाका कारण एन्फा कम्प्लेक्समा सारियो।

गत मंसिर २८ गतेका लागि तय भएको मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लबबीचको उद्घाटन खेल दशरथ रंगशालाबाट सातदोबाटोमा सारियो। हिउँदे वर्षाले गर्दा रंगशालाको मैदान हिलाम्मे हुँदा रंगशालामा उद्घाटन गर्ने एन्फाको तयारी पूरा हुन सकेन।

वर्षाका कारण लिगका पाँचौ चरणका खेल पनि प्रभावित भए। मैदान हिलो हुँदा एन्फाले पाँचौ चरणका खेल २ दिन पछि सारेको थियो।

शुक्रबारबाट सुरु भएको सातौं चरणको खेल पनि वर्षाले प्रभावित भएका छन्। बिहीबार राति परेको वर्षका कारण एन्फाले हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लबबीचको खेल अन्तिम समयमा सारेको थियो।

बिहीबार रातिसम्म दशरथ रंगशालामा तोकिएको खेल शुक्रबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सारिएको थियो।

यस्तै जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि एन्फा कम्प्लेक्समै हुने भएको छ।

वर्षका कारण पटक–पटक खेल सार्नु पर्ने पनि एन्फाले मैदान सुधारका लागि कुनै ठोस काम गरेको छैन।

शनि, माघ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिएको हो । प्रकोप अन्त्यपछि फर्काउने गरी २ एम्बुलेन्स उपलब्ध गराइएको एन्फाले जनाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङ गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग

चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३०...

१३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ । बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली रजत जित्ने...

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जिते

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ...

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय

मंसिर, काठमाडौं । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ । बैठकको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण

१७ मंसिर, काठमाडौं । क्षेत्रफलमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो । १०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन ।...