साहित्य गतिबिधि

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत


माघ २ गते, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार स्वरूप अर्पण गरिएको थियो ।
साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”
उपकुलपति डा. गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– “जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा–सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।”
आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– “म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।” विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याउनुभयो । चामलिङले भन्नुभयो– “नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक छ । नेपाली जाति जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो र यो पहिचानलाई हाम्रो भाषा, साहित्य र संस्कृतिमात्रै बचाउँछ ।”
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्रष्टा चामलिङको कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले चामलिङ साहित्यसँगसँगै राजनीतिमा पनि उत्तिकै सफल रहेको उल्लेख गर्नुभयो । “२५ वर्षसम्म मुख्यमन्त्री भएर उहाँले पश्चिम बंगालका ज्योति वसुपछि भारतमा सबैभन्दा धेरै समय मुख्यमन्त्री बन्ने रेकर्ड कायम गर्नुभएको छ र नेपाली भाषा–साहित्यको समृद्धिका लागि पनि निर्माण प्रकाशनका माध्यमबाट उत्तिकै उल्लेखनीय काम गर्नुभएको छ ।” उहाँले भूगोलले छुट्याए पनि भाषा, साहित्य र संस्कृतिले नेपाल र सिक्किमलाई भावनात्मक सम्बन्धले जोडेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

आइत, माघ ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कथाबाट सुरु भएको नेवार साहित्य

भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्परालगायतले । करिब सवा सय जातजाति रहेको नेपालमा प्रायः सबैजसो जातजातिका आ–आफ्नै भाषा पनि छन् । कतिपय जातजातिका भाषामा आफ्नै साहित्य पनि छन् । नेपालको...

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...