कला/मनोरञ्जन

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित


वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे एकता राष्टिय सम्मान २०२० बाट सम्मान गरिएको हो । एन आर बि फाउण्डेशन एवं भब्या इन्टरनेशनलको अयोजना भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अबसरमा भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको समारोहमा राजोपाध्याय् सम्मानित हुनु भएको हो ।

राजोपाध्यायले संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताईएको छ । समारोहमा राजोपाध्यायलाई डा सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्टिय सम्मान प्रदानगर्नु भएको हो । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा निशा माथुरलगायतको सहभागिता थियो । ३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाइ १५ मा राजस्थानकको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड(२०१९ प्रदान गरिएको थियो भने सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।

नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनुभएको छ । सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।

सोम, माघ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी

नेपाली कला जगतमा नयाँ कलाकारहरु माझ रसुवा जिल्लाबाट कला क्षेत्रमा प्रवेश गर्दैछिन रश्मि अधिकारी । लोकदोहरी क्षेत्रमा स्थानीय स्तरमा उनी राम्रो प्रतिभा हुन । स्कुले जीवनमा उनी नृत्य नाटक आदीमा भाग लिन्थिन ।साथीहरु र स्थानीय माझ उनको चर्चा पनि थियोे । उनको सानै देखीको रहर...

चुट्किलाको परिभाषा र नेपालको पहिलो चुट्किला संग्रह

चुट्किला नेपाली साहित्यको एक आख्यान विधा हो । यसले छोटो समयमा नै छिटो र चिटिक्क तरिकाले कुनैपनि विषयमा तार्किक र मार्मिकरुपमा मनोरञ्जन दिन्छ । यसको रचनाकार हुँदैन । यो एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको विधा हो । ठाउँ, वातावरण र परिस्थिति अनुसार यसको रचना...

अबसर पाए यही क्षेत्रमा केही गरेर देखाउने सोच छु । —अन्जना घिमिरे

नेपाली कला जगतमा नयाँ प्रतिभा आउने जाने क्रम जारी छ । रहर बोकेर आउनेहरु यहि क्षेत्रमा स्थापित पनि छ्न । कतिपय जिल्लामा राजनीति कला साहित्य आदि क्षेत्रमा एकदम कम प्रतिभा हुन्छ्न । त्यस्तै एउटा जिल्ला हो रसुवा । त्यही जिल्लाबाट नेपाली कला जगतमा पाइला अगाडि...

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन शनिबार गरिने

काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन...

ज्ञानु बोहरा नेपाली कला जगतमा चर्चा कमाउदै

ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ । कलाकार...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय फेरि भारतमा सम्मानित हुँदै

सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते ) आयोजना गर्न...