राजनिति

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु


९ माघ, काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

बिहि, माघ ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् । नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् । आज स्थानीयहरुले...

अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति

काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ सत्तारूढ दल...

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालय पाए

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानुन...

राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु

काठमाडौँ । आज पुस २४ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु प्रकाशित गरेका छन् । नागरिक दैनिकका अनुसार संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले...

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ। सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका...

धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परे

धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र  नेपाल पत्रकार महासंघ धनुषा शाखा  कार्यालयबाट १५० मिटरको दूरीमा  शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो । अहिले शंकास्पद बस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ  । घटनास्थलमा व्यापक रूपमा प्रहरी...