समाचार

नेपाली चढेको बिमान समुन्द्रमा खस्यो


अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्‌कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग ‘त्रासदीपूर्ण’ घटनाको बयान गरेका छन्। सन् २००८ देखि अमेरिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त विमानमा सवार थिए।

सी फ्लाइट नाम गरेको कम्पनीले सञ्चालन गरेको विमानमा समस्या देखिए परेपछि समुद्रमा आपत्‌कालीन अवतरण गर्नुपरेको भर्जिनआइल्याण्ड्स अनलाइनले जनाएको छ।

स्थानीय अनलाइन भीकोन्सोर्टीयमले एक चालकसहित आठजना सवार विमानले बिहान ९ बजेर २९ मिनेटमा इमर्जेन्सी कल सेन्टरलाई सी फ्लाइट ३९४ एसएफबारे जानकारी गराएको लेखेको छ।

‘विमान आधा डुब्यो’

सेन्ट टमसमा रहेको विमानस्थलबाट सेन्ट क्रोइका लागि यात्रुवाहक विमान चढेका आचार्यका अनुसार आपत्‌कालीन अवतरण गर्दाको अवस्था त्रासदीपूर्ण थियो।

विमानले उचाइ लिइसकेको अवस्थामा एकाएक गडबडी भएको महसुस भएको उनले बताए। आचार्यले विमानको इन्जिन फेल हुनसक्ने बताए पनि त्यसको पुष्टि भएको छैन।

आचार्य भन्छन्: “ठूलो आवाजका साथ विमान झर्न थाल्यो। पाइलटले इन्जिन बन्द गरेर विमानलाई नियन्त्रण गरे जस्तो लाग्यो।” “समुद्रमा झरे पछि विमान आधा डुब्यो। र केही समयपछि पानीमा तैरिन थाल्यो।”

पाइलट अनुभवी भएका कारण आफू बाँच्न सफल भएको उनी बताँउछन्। आफूलाई पौडी खेल्न नआउने भएकाले आचार्यले आफू लाइफ ज्याकेट लगाएर बसेको बताए।

“विमान झर्दै गर्दा यति नै रहेछ भन्ने महसुस भयो। छोराछोरी सम्झेँ। भगवान् सम्झेँ,” घटना सम्झँदै उनले भने।

“बाँचेपछि भने दोस्रो जीवन पाए जस्तो महसुस भयो।” पानीमा विमान ढलमल गरिरहेको र आफूलाई डर लागिरहेको उनी बताउँछन्। “समुद्रमा ठूलो छाल थियो। त्यसकारण पनि हामी यात्रु निकै आत्तियौँ।”

आचार्यका अनुसार त्यसको करिब २० मिनेटपछि उद्धार टोली आइपुग्यो। चारवटा डुङ्गामा सबै यात्रुलाई उद्धार टोलीले सुरक्षित फर्काएको उनले बताए।

को हुन आचार्य?

पेन्सीलभानीयामा बस्दै आएका आचार्य काठमाण्डू, सङ्खमुलका बासिन्दा हुन्। पुर्ख्यौली घर भने झापाको दमकमा रहेको उनले बताए। उनको कम्पनीले केएफसी र बर्गर किङ्ग जस्ता कम्पनीहरूको फ्यानचाइज लिएको र सेन्ट टमसका साथै विभिन्न स्थानमा शाखा चलाइरहेको ५० वर्षीय आचार्यले बीबीसीलाई बताए।

आइत, माघ १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बनेपा नालाका हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका

नेपाल कम्युनिष्ट पार्टी काभ्रेका जिल्ला नेता हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका गरिएको छ उहाँको टाउकको, खुट्टा लगायतका विभिन्न शरिरका अंकमा चोट देखिनु, प्रहरी बिनै घटनास्थलबाट गिरीलाई लैजानु लगायतका कृयाकलापले आशंका बढाएको बताइन्छ। नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका ५१...

२०३६ सालसम्म कालापानी नेपालकै रहेको प्रमाण भेटियो, ऐतिहासिक हेर्नुहोस्

पूर्वसचिव तथा दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) द्वारिकानाथ ढुङ्गेलले टिंकरभञ्ज्याङ्ग तथा कालापानीको निरीक्षणमा गएको तथ्य पुष्टि गर्ने कागजात फेला पारेको छ । प्राप्त पुराना ऐतिहासिक कागजातहरुमा पूर्वसीडीओ ढुङ्गेल दार्चुलामा हाजिर हुन जाँदा २ नोभेम्बर १९७९ अर्थात् १६ कात्तिक २०३६ सालमा नेपालस्थित भारतीय राजदूतावासले ढुङ्गेललगायतको टोली उत्तर...

ट्वाइलेट पेपरबाट बिहेको पहिरन बनाउनेले १० लाख पुरस्कार जितिन्

यो दुनियामा अनेक प्रकारका प्रतियोगिताहरु हुने गर्दछन् । कतै गालामा थप्पड हान्ने प्रतियोगिता हुन्छ त कतै हिल चप्पल लगाएर दौडिने महिलाहरुको प्रतियोगिता हुन्छ । यस्तै अनौठो खालको प्रतियोगिता हालै अमेरिकाको न्युयोर्कमा भएको छ । उक्त प्रतियोगितामा ट्वाइलेट पेपरबाट वेडिङ ड्रेस बनाउनु पर्ने थियो । सो प्रतियोगितामा...

प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ

२९ भदौ, काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको...

बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ

मोरङ – बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ घर भएका ना ६ ख ९३४४ नम्बरको बसका चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक उर्लाबारी नगरपालिका– ४ घर भएका १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन्...

गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी

साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, गोरखामा  रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा...