शिक्षा

स्ववियु निर्वाचन


आस्थाको धरोहर आँखै अघि ढलेको हेर्न कहाँ पो सकिन्छ र । घाम छाया जस्तै लुकामारी चल्दै गरेको नेपाली राजनितीले पुर्णिामाको रातमा मात्रै हैन,औँसिको रातमा पनि आकाशको तारा नियाल्दै छ । कुरो बुजि हाल्नु भो यतिखेर  नेपाली युवा तथा विद्यार्थी राजनीतिमा गरागरम बहस चलिरहेको छ, स्ववियु निर्वाचनको ।
              लामो समय देखी अस्तब्यस्त रहेको नेपालको स्ववियु निर्वाचन पटकपटक हल्ला र प्रचार मै सिमित छ । यस पटक पनि हल्लामै सिमित होला कि भन्ने कति पय विद्यार्थी नेताहरुको चासो र गुनासोको बिसय मात्रै बनेको छैन कि आशा र त्राश पनि पैदा गराएको छ । केही सिमित मात्रामा भनेपनी स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा नयाँ मुहारहरु भने देख्न थालेको छ । बर्षौ सम्म गुपचुप लुकेर बस्ने र स्ववियु निर्वाचनको हल्ला चल्ने बित्तिकै क्याम्पस छिर्नेहरुले चुनाव जित्लान हार्लान वा जितिहाले पनि विद्यार्थीको समस्य हल गर्न सक्लान या नसक्लान ? त्यो भने हेर्न बाँकी नै छ । तर बर्षौ पछि क्याम्पस छिरेका ती नयाँ अनुहारलाई विद्यार्थीले पत्ताउने आधार भने देखिदैन ।
                              यसैको  भुमण्ड्ले चक्रमा घुम्नबाट जोगिएका केही दाबेदार बने विद्यार्थीले सम्झन लाएक नै छन् । हेल्मेट विद्यार्थी नेताहरुलाई सायद ती चक्रबाट बन्चित विद्यार्थी नेता उमेदवार बने सामना गर्न त्यति सहज भने पक्कै पनि नहोला । यस्तै एउटा दाबेदार हुन काठमाडौ नेपालटार स्थित एन.आर कलेजका विद्यार्थी नेता लक्ष्युमण बस्नेत । नुवाकोटका विद्यार्थीहरुको बहाउलेता रहेको यस क्याम्पसमा काठमाडौ तार्केश्वर-७ का स्थाई बासिन्दा बस्नेतले भने विद्यार्थीको मन जित्न सफल भएका छन् । अनेरास्ववियुको तर्फबाट उमेदवारको दाबेदार रहेका बस्नेतको बारेमा हामिले नुवाकोटकै एक प्रतिपक्षी विद्यार्थी नेता सँग सोध्दा यसो भन्छन् : “अन्य विद्यार्थी नेताहरु भ्रष्टाचारि र गुण्डाहरुको चङ्गुलमा फस्दा बस्नेत श्रमिक जनता र विद्यार्थी बर्गको आवाज (समस्य) लिएर प्रसासनको ढोका ढकढक्याउन पुग्छन् , सिङ्गो संगठन सत्ता र सरकारको स्तुतिगान गाउने,भजन मण्डलि बन्दा पनि उहाँ एक्लै लड्नु भएको छ, यस्को कदर पक्कै पनि विद्यार्थीले गर्ने छन् । सायद संगठनले बस्नेतलाई उम्मेद्बारी बनाएको खण्डमा उनको जित सुनिश्चित नै छ । ´´

विद्यार्थीहरुले पनि बस्नेत उम्मेद्बारी बनेर आएको खण्डमा हामी सक्दो सहयोग गर्ने बताएका छ्न भने विद्यार्थीको चर्चामा रहेका बस्नेतलाई हामिले एन.आर.कलेजबाट विद्यार्थीको माग बमोजिम तपाईंको उम्मेद्बारी आउँछ कि आउदैन ? कि संगठनको निर्णयमा भर पर्छ भनेर सोध्दा यसो भन्छन् ;“ विद्यार्थी आन्दोलनको बलमा स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ । यो सकारात्मक बिषय हो । स्ववियु आन्दोलनको बलिदानी पुर्ण गौरब हो । अग्रजहरुको बलिदानको सान हो ।विद्यार्थी आन्दोलनको जुझारु मोर्चाको पहिचान हो । तर आज विद्यार्थी आन्दोलनको सामु स्ववियुको महत्त्व  अर्थ र औचित्यको सन्दर्भमा व्यापक बहसहरु भैरहेको छन् । हिजो राज्य ब्यवस्थाको विरुद्ध लड्ने मोर्चाको रुपमा स्थापित स्ववियु आज भ्रष्टाचार र गुण्डागर्दिको अड्डा नबनेको भने होईन । श्रमिक जनता र विद्यार्थी बर्गको आवाज बोल्ने स्ववियु आज केही ब्यक्ति आसेपासेहरुको मण्डली जस्तो बनेको छ । यी मुद्दा हरुमा स्ववियुको सन्द्रभमा हामी बहस र छलफलमा छौँ ।विद्यार्थी आन्दोलन र स्ववियुको प्रतिपक्षीय चरीत्रको रक्षा गर्दै खबरदारी मिर्चाको ऎतिहासिक बिरासत जोगाउने यो कार्यभार आफ्नो सामु आएको हुँदा मेरो उम्मेद्बारी पक्कै आउछ । मेरो क्षमता र संघर्षको मुल्यांकन  माथिलो कमिटीले पनि गर्छ भन्ने मा म बिस्वस्त छु । ´´ आसा र त्रास बिच हुनलागेको स्ववियु निर्वाचनमा बस्नेतको मुल्यक माथीलो कमिटीले गर्ला नगर्ला त्यो त छुट्टै बहस बिषय हुनेनै छ तर नेपालटारमा चर्चामा रहेका बस्नेत अस्ताउलान कि उदाउलान त्यो भने स्ववियु निर्वाचन पश्चात नै थाहा हुने छ ।

आइत, माघ १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वेद, ज्योतिष पुरस्कार प्रदान र छात्रवृत्ति स्थापना

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठ, विजयपुर, धरानबाट शास्त्री तहमा वेद र ज्योतिष विषयमा अध्ययनरत् र सो विषयमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र–छात्राका लागि पच्चीस–पच्चीस सय रुपैयाँको छात्रवृत्ति प्रदान गरिने भएको छ । काठमाडौं निवासी उमेशप्रसाद दाहालले संस्कृत भाषाको अध्ययन–अध्यापनमा योगदान पु¥याउने उद्देश्यले...

शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाइ

काठमाडौं – अन्तराष्ट्रिय मातृभाषा दिवसको अवशरमा रत्नराज्यलक्ष्मी क्याम्पसमा फागुन ११ गते आइतबार प्रथम पटक शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाई प्रदान गरिएको छ । वि.सं. २०७४ सालमा स्नातक तह बी.ए. प्रथम बर्षमा नेपाल भाषामा सर्वोकृष्ट अंकका साथ सम्पूर्ण विषय उत्र्तीण भएको आधारमा पुरस्कार वितरण गरिएको...

हिजोलाइ भुलौ आज र भोलिका लागि सोचौ ===बिनोद कोइराला

फागुन १०, काठमाडौं : पटक पटक सरकारमा नै रहेको आफ्नो दल नेकपा भित्रैका नेताहरुका विभिन्न काण्डहरु बाहिंरिदै गर्दा उक्त पार्टिका नेता तथा कार्यकर्तालाई चिन्तित पनि गराउने गरेको देखिन्छ । त्यस्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू का नुवाकोट सह संयोजक बिनोद कोइरालाको भनाई सान्दर्भिक देखिएको छ...

इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित

माघ, काठमाडौं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र...

फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए। परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको...

मन्त्री बाँस्कोटाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयको स्थलगत निरीक्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणस्थल पुगेका छन् । सोही क्रममा उनले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । सोही क्रममा मुख्य...