खेलकुद प्रमुख समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङ गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग


चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।

गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३० हजार हाराहारी पर्ने बताए । उनले रंगशालालाई ३० लाख मुल्य बराबरको बालुवा सहयोग गरेको बताए ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले बताए ।

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन छ ।

रङ्गशालामा ५० करोड सङ्कलन गर्ने लक्ष्यसहित आइतबारबाट धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । रासस

शनि, माघ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार टेलिभिजन सम्बोधन (भिडिओ सहित )

२५ चैत, काठमाडौं । मौन बसेको भन्दै पार्टीभित्र र बाहिर सोधीखोजी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार टेलिभिजन सम्बोधन गरेका छन् । करिव २४ मिनेट लामो सम्बोधन गरेका उनले लिखिक वक्तव्य पढेका थिए । त्यसक्रममा उनले कोरोन भाइरस (कोभिड -१९)को रोकथामका लागि सरकारले गरिरहेको कामबारे...

एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिएको हो । प्रकोप अन्त्यपछि फर्काउने गरी २ एम्बुलेन्स उपलब्ध गराइएको एन्फाले जनाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएकाे छ । चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् । राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत...

सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध

सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ९ देखि १८ गतेसम्म विदेशबाट आउने सबै उडान बन्द गरिएको जानकारी दिएका हुन्। उनले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध गरेका छन्। सरकारले यसअघि  नै विभिन्न मुलुकबाट आउने...

चीनले नेपाल लगायत २२ देशहरुसँग भिडियो कन्फ्रेन्स गरे

कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्यूनीकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायत विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ। भिडियो कन्फरेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशको सहभागिता रहेको थियो। कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई...

‘केपी ओली र वामदेव गौतम नभए पार्टी ‘लुलो’ हुन्छ, नेतृत्वमा पुगे ‘धुलो’ हुन्छ’ कुनैबेला स्वर्गीय नेता मदन भण्डारीले भन्ने गरेको भनाइ हो यो ।

काठमाडौँ । ‘केपी ओली र वामदेव गौतम नभए पार्टी ‘लुलो’ हुन्छ, नेतृत्वमा पुगे ‘धुलो’ हुन्छ’ कुनैबेला स्वर्गीय नेता मदन भण्डारीले भन्ने गरेको भनाइ हो यो । नेकपाका सबैजसो नेताहरुले आदर्श मान्ने मदनको यो भनाइ र आजको नेकपाको परिदृश्य मिल्न पुगेको छ । नेकपामा चर्केको विवाद, किचलो...