प्रमुख समाचार

सासद् सुदन किरातीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागे


१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् ।

“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले भने ।

बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए ।

के भनेका थिए मन्त्री बास्कोटाले ?

गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए । कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए ।

उनको भनाइ थियो–अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो । अन्तर महादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको ? गलत हल्ला चलाएर हुन्छ ? हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं ।

आइत, माघ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएकाे छ । चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् । राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत...

सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध

सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ९ देखि १८ गतेसम्म विदेशबाट आउने सबै उडान बन्द गरिएको जानकारी दिएका हुन्। उनले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध गरेका छन्। सरकारले यसअघि  नै विभिन्न मुलुकबाट आउने...

चीनले नेपाल लगायत २२ देशहरुसँग भिडियो कन्फ्रेन्स गरे

कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्यूनीकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायत विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ। भिडियो कन्फरेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशको सहभागिता रहेको थियो। कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई...

‘केपी ओली र वामदेव गौतम नभए पार्टी ‘लुलो’ हुन्छ, नेतृत्वमा पुगे ‘धुलो’ हुन्छ’ कुनैबेला स्वर्गीय नेता मदन भण्डारीले भन्ने गरेको भनाइ हो यो ।

काठमाडौँ । ‘केपी ओली र वामदेव गौतम नभए पार्टी ‘लुलो’ हुन्छ, नेतृत्वमा पुगे ‘धुलो’ हुन्छ’ कुनैबेला स्वर्गीय नेता मदन भण्डारीले भन्ने गरेको भनाइ हो यो । नेकपाका सबैजसो नेताहरुले आदर्श मान्ने मदनको यो भनाइ र आजको नेकपाको परिदृश्य मिल्न पुगेको छ । नेकपामा चर्केको विवाद, किचलो...

काभ्रेमा जननेता मदन भण्डारीको शालिक अनावरण

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेमा जननेता मदन भण्डारीको स्मृतिपार्क तथा शालिक अनावरण गर्नुभएको छ । धुलिखेल नगरपालिका–११ काभ्रे भञ्ज्याङमा रहेको स्मृती पार्कको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो । सोमबार नगरपालिकाको ३४ औँ स्थापना दिवसमा सहभागी हुनुअघि उहाले सो शालिकको अनावरण गर्नुभयो । शालिकसहितको पार्क प्रदेश...

सिन्धुपाल्चोकका सय जनाभन्दा बढीमा कोरोना भाइरस

जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक...