कला/मनोरञ्जन

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय फेरि भारतमा सम्मानित हुँदै


सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ ।
विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते ) आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय रत्न अवार्ड एन्ड कन्फेरेशन २०२० बाट सम्मान गरिन लागेको हो । यसभन्दा अघि एनआरबी फाउण्डेशन एवं भव्या इन्टरनेशनलको आयोजनामा राजस्थानको ‘विवेकानन्द इन्स्टियुट अफ् टेक्नोलोजी’ मा गएको माघ ५ गते भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राजोपाध्यायलार्इ ‘विविधता मे एकता राष्ट्रिय सम्मान’ २०२० बाट सम्मान गरिएको थियो ।
तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा ‘इन्टरनेशनल इण्डियन बेस्टिज अवार्ड’ २०१९ प्रदान गरिएको थियो ।
राजोपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।
नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ ।
सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।

सोम, माघ २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ज्ञानु बोहरा नेपाली कला जगतमा चर्चा कमाउदै

ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ । कलाकार...

काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दै

नेपाली कला जगतमा नयाँ कलाकारहरुको प्रवेश दिनानुदिन भैरहेको छ । कोहि यहि क्षेत्रमा जमेका छन कोही पलायन पनि भएका छ्न । यस्तै पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मेकी काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दैछिन । सानै उमेरदेखि नाटक र नृत्यमा रुचि...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे...

आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री

नेपाली कला जगतमा आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री । सानै उमेरदेखि कलामा रुचि राख्ने रिसुले धेरै सर्ट मुभिमा अभिनय गरेकी छिन ।उनको अभिनय खुब रुचाएको पनि छ। केही म्युजिक भिडियो समेत खेलेकी उनी यहि क्षेत्रमा भबिस्य खोज्दैछिन । भन्छिन म यहि...

चाहना अनुरुप मिहिनेत र संघर्ष गर्दै सपना बिस्ट

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन /उनी भन्छिन काठमाडौँमा अवसर प्राप्त गर्न र केही नौलो नयाँ सिक्न पाइला अगाडी बदाउदै छु /मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल...

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...