राजनिति स्थानीय समाचार

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित


भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् ।

नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् ।

आज स्थानीयहरुले कालो झन्डा र नारा सहित नगरपालिका घेराउ गरेका छन् भने उक्त स्थानमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न आग्हका साथ ज्ञापन पत्र बुझाएका हुन् ।

अन्दोलनमा आएका प्रदेश सभासद कृष्णलाल भडेलले चीन बाट ल्याउन लागेका नेपालीहरुलाई निगरानीका लागि जसरी मानव बस्ती माझको स्थान चयन गरिएको छ यो गलत भएको र एकान्त स्थान र सुरक्षित स्थानको चयन सँगै मानब बस्तीबाट तीन किलोमिटर पर राख्नु पर्ने बताए ।

त्यस्तै स्थानीय प्रकाश लामिछाने भन्छन्, बस्ती माझ रहेको यस स्थानमा सरकारले चीनबाट ल्याउन लागेका नेपाली नागरिकलाई निगरानीका लागि राख्न थालेको भन्ने बिभिन्न संचार माध्यममा आए सँगै स्थानीहरु अन्दोलित बनेको बताए । उनले भने नेपाली नागरिकको उद्धारमा सरकारले देखाएको तत्प्रता राम्रो भएता पनि चीनबाट ल्याउन थालिएका नेपालीका लागि स्वास्थय निगरानीको स्थल भने गलत चयन गरेकाले बिरोध गर्नु परेको हो । उनले भने सरकारले पेलेरै यस स्थानमा चीनबाट ल्याउन थालेका नेपाली नागरिक राखेमा चरण बद्ध अन्दोलनका साथै भक्तपुरका सडकनै बन्द गर्ने अवस्था श्रृजना हुने छ ।

चीनबाट ल्यान थालिएका १८० नेपाली नागरिकलाई नेपाल ल्याईएसँगै १४ दिन स्वास्थ निगरानिका लागि राख्न भक्तपुरको यो स्थानलाई सरकारले चयन गरेको हो । सो स्थानमा चीनबाट ल्याइएका नेपाली नागरिका लागि राख्नलाई कुनै भौतिक पुर्वाधारहरुको तयार नभएता पनि स्रोतका अनुसार यो स्थानको प्रधानमन्त्रीको कार्यालबाट आएका कर्मचारीले भने अवलोकन गरिसकेका छन् ।

बिहि, माघ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन

 माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार समिति सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च शिक्षासम्बन्धी नयाँ विधेयक ल्याउँदा मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था...

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु

९ माघ, काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको...

अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति

काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ सत्तारूढ दल...

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालय पाए

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानुन...

राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु

काठमाडौँ । आज पुस २४ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु प्रकाशित गरेका छन् । नागरिक दैनिकका अनुसार संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले...

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ। सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका...