स्थानीय समाचार

मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन


 माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार समिति सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च शिक्षासम्बन्धी नयाँ विधेयक ल्याउँदा मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था राख्न निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयले उच्च शिक्षासम्बन्धी नयाँ विधेयक ल्याउन लागेको जानकारीका आधारमा समितिले निर्देश गरेको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

‘संविधानले ‘मातृभाषामा पनि उच्च शिक्षा अध्ययन गर्न पाउने कुरालाई ग्यारेण्टी गरेको छ । सरकारले उच्च शिक्षासम्बन्धी विधेयक ल्याउन लागेको भन्ने जानकारीका आधारमा समितिले संवैधानिक व्यवस्थालाई सम्झाएको हो’ घर्तीले अनलाइनखबरसँग भनिन् ।

शिक्षासम्बन्धी तीन विधेयक एकसाथ आउँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार शिक्षा सम्बन्धी तीन वटा विधेयक एकसाथ आउँदैछ ।

शिक्षा नीतिअनुसार विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । विद्यालय शिक्षा कक्षा १ देखि १२, साधारण धारतर्फको उच्च शिक्षा र प्राविधिक धारतर्फको शिक्षालाई समेटेर छुट्टाछुट्टै ऐन जारी गर्ने गरी विधेयक ल्याउन लागिएको हो ।

‘नयाँ शिक्षा नीतिअनुरूप विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयक ल्याउने आन्तरिक तयारी छ,’ मन्त्री पोखरेलले भनेका छन् ।

शनि, माघ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् । नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् । आज स्थानीयहरुले...

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...