प्रमुख समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच टेलिफोनमा कुराकानी भएको हो।

‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर  हामीले विस्तृत र निकै कडा मापदण्ड अपनाएका छौं। हामीले  रोकथाम र नियन्त्रणका माध्यमबाट हामीले यो महमारीविरूद्ध जनयुद्ध घोषणा गरेका छौं,’ सीलाई उद्धृत गर्दै सिसिटिभीले लेखेको छ।

कुराकानीका क्रममा सीले ट्रम्पससँग कोरोनाभाइरससँग लड्ने आत्मविश्वास र क्षमता चीनसँग रहेको उल्लेख गर्दै चिनियाँ अर्थतन्त्रको दीर्घकालीन सकारात्मक ट्रेन्ड परिवर्तन नहुने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

कोरोनाभाइरस फैलिएदेखि नै ले चीन सरकार र चिनियाँ नागरिकले यसविरूद्ध लड्न कुनै कसुर बाँकी नराखेको सीको भनाइ थियो।

यसअघि चीनले कोरोनाभाइरससँग लड्न अमेरिकाले सहयोग नगरेको बरू संसारभरि त्रास फैलाएको आरोप लगाएको थियो।

शनि, माघ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सिन्धुपाल्चोकका सय जनाभन्दा बढीमा कोरोना भाइरस

जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक...

गच्छदारलाई मुद्दा लागेपछि देउवा निवासमा कांग्रेसको आकस्मिक छलफल

माघ, काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष...

सासद् सुदन किरातीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागे

१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् । “सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङ गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग

चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३०...

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने

नेपालका युवायुवतीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने भएका छन् । उनीहरू अमेरिकाको नाममा रहेको सबैभन्दा लामो समयको सामूहिक नृत्य नेपालको नाममा ल्याउन जुटेका छन् । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरेरै त्यस्ताे घोषणा गरेका हुन् । १३ जना युवायुवतीले...

डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परे

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको  छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।...