इतिहास

डा. जुनु बासुकला रञ्जितकार सहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित


भक्तपुर– भक्तपुर साहित्यिक समाजले आफ्नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा हुनुहु्न्छ । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्य छन् ।
शनिबार भक्तपुरमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वंगःको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत प्रतिभाहरुलाई ५ हजार ५ सय ५५ रुपियाँ सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

शनि, माघ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिलबहादुरले ३ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाए

नेपालका दिलबहादुर मगरले लगातार ३ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा लमजुङ दोर्दी गाउँपालिका ९ हिलेटक्सारका स्थायी बासिन्दा मगरले ३ घण्टा मुनवाक डान्स गरेर गिनिज वल्र्ड २०२० मा आफ्नो नाम लेखाउन सफल भएका हुन् । राति ८ः१५ बाट...

तीनजना ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन र तीन सञ्चारगृहलाई सम्मान

काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरु मदनदास श्रेष्ठ, राजाराम श्रेष्ठ र कृष्णा ताम्राकारलाई अभिनन्दन गरिएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा गठित नेवाः पत्रकार कोषको सहयोगमा नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिएको कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै...

नेपालीहरुको महान पर्व बडा दशैं आज पहिलो दिन घटस्थापना

१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

पाँच तले मन्दिर बनाइ सकेपछि नाला भगवतीमा पनि पुजा गरे

नेपालको प्रशिध्द मन्दिरहरु मध्य भक्तपुरको पाँच तले मन्दिर पनि एक हो / यो मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको हो / पाँच तले मन्दिर बनाइ सकेपछि मुर्ति प्रतिष्ठाको निमित्त ४८ दिन सम्म सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा कृत्य कार्यक्रम गरेको थियो /उक्त कार्यक्रममा शुरुमा अग्नि...

जातक कथा के हो ?

‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन/ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन ।  जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ- •...

मङ्गलबार चतुर्थी तिथि भए पनि गणेश चतुर्थी सोमबार नै गर्नुपर्ने ज्योतिषीहरूको राय

सामान्य ज्योतिषीय मान्यता छ, ‘लाग्दो तिथि, छोड्दो व्रत’। यसै मान्यताबमोजिम गणेश चतुर्थी मङ्गलबार मनाउनुपर्ने तर्क पनि उठेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने सोमबार तृतीया तिथिका दिन हरितालिका तीजसँगै यो पर्व जनाएको छ। सोमबार बिहान सूर्योदयका बेला चन्द्रमानअनुसार तृतीया तिथि परेको छ। त्यसैले पात्रोमा सोमबार तृतीया तिथि...