प्रमुख समाचार

सिन्धुपाल्चोकका सय जनाभन्दा बढीमा कोरोना भाइरस


जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।

गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ । गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

यसैबीच सरकारले बुधबार चीनमा रहेका नेपाली लिन जाने जहाजको चालक दलका सदस्यलाई तालिम दिने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो  ।

त्यस्तै बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । चीनबाट नेपाल फर्कन आवेदन दिएका एक सय ८० जनालाई आउँदो शनिबार नेपाल ल्याउने सरकारकाे योजना छ ।

चीनबाट ल्याउनुअघि त्यहाँको विमानस्थलमा पनि जाँचिने र नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण हुने भएकाले सङ्क्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न पनि सरकारले आग्रह गरेको छ ।

उनीहरुलाई नेपाल ल्याइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को बाध्यकारी नियमअनुसार १४ दिन क्वारेन्टाइनमा राख्न लागिएको हो । १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइनेछ ।

बुध, माघ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच टेलिफोनमा कुराकानी भएको हो। ‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर  हामीले विस्तृत र निकै कडा...

गच्छदारलाई मुद्दा लागेपछि देउवा निवासमा कांग्रेसको आकस्मिक छलफल

माघ, काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष...

सासद् सुदन किरातीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागे

१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् । “सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङ गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग

चितवन,१८ माघ । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग गरेको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका– ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य ३०...

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने

नेपालका युवायुवतीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने भएका छन् । उनीहरू अमेरिकाको नाममा रहेको सबैभन्दा लामो समयको सामूहिक नृत्य नेपालको नाममा ल्याउन जुटेका छन् । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरेरै त्यस्ताे घोषणा गरेका हुन् । १३ जना युवायुवतीले...

डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परे

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको  छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।...