राजनिति

संयोग : पूर्वसभामुख महरा जे लबाट छुट्दा पूर्वउपसभामुख तुम्बाहाङफे बनिन् मन्त्री


व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले ज व र जस्ती क र णी उद्योग मु द्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै कार्यकालकी पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रीमा नियुक्त गरिन्।

संसदमा दुई पूर्व उच्च पदस्थमध्ये एक महराले ज व र जस्ती क र णी उद्योगमा सभामुख पद गुमाउँदै जे ल सम्म जानु परेको थियो। यता पूर्वउपसभामुख तुम्बाहाङफेलाई नेकपा नेतृत्वले सभामुखमा नपत्याउँदा सभामुख-उपसभामुख एकै दलबाट नहुने कानुनी व्यवस्थाका कारण पद छाड्नु परेको थियो।

महरा ब ला त्का र मु द्दा मा पुर्पक्षका लागि जे ल चलान भएपछि उपसभामुख तुम्बाहाङफेले अर्काले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै करिब तीन महिनासम्म पद नछाड्ने अडान लिइरहिन्। तर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अनिच्छुक भएपछि उनले पद गुमाएकी थिइन्।

दुवै अध्यक्षले उपसभामुख पद त्यागेमा मन्त्री बनाउने आश्‍वासन दिएका थिए। दुई अध्यक्षको उक्त आश्वासन प्रतिनिधि सभाकी समानुपातिक सांसद तुम्बाहाङफेका लागि सोमबार पूरा भयो।

तुम्बाहाङफे अपरान्ह ४ बजे मन्त्रि पदको सपथ लिन शीतल निवास पुग्दा महरा डिल्ली बजार कारागारमा पूर्वआइजी रमेशचन्द्र ठकुरीको हातबाट बिदाइको खादा लगाइरहेका थिए।

मङ्ल, फाल्गुन ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो। ‘मलामीको...

विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि ‘डिल’ गरेको भनिएको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्। उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मिश्रले सार्वजनिक गरेको अडिओमा भएको स्वर आफ्नो भए/नभएको विषयमा कुनै जिकिर गरेका छैनन्। तर उनले...

पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने

काठमाडौं, १४ फागुन / नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे कठमाडौंको बिजुली बाजरमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो ।शाहीले भ्रष्टाचारको अत्य,...

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् । नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् । आज स्थानीयहरुले...

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु

९ माघ, काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको...

अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति

काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ सत्तारूढ दल...