समिक्षा

उक्लिएको मान्छे – एक समीक्षा

-प्रकाशप्रसाद उपाध्याय


आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै बस्नु पर्ने हुन्छ उसले । यस्तो वातावरणमा यदि यस वर्गमा पर्ने कुनै व्यक्तिले समाजमा सम्मानजनक स्थान बनाउनु भनेको फलामको चिउरा चपाउनुसरह नै हुन्छ । हामीले जतात्यतै पोखरीको हिलो भित्रबाट कमलको बोट उम्र्रेको, पूmल फुलेको र समाजले पूजनीय ठानी शिरोपर गरेका देख्ने गरेका छौं । सामाजिक परिवेशमा पनि यस्ता पात्रहरू जता ततै पाइन्छन् । विश्वमा पनि हामीले यस्ता पात्रहरू देखेका छौं । तिनका बारेमा पढेका छौं । इतिहासमा स्थान बनाएको पाएका छौं । जसले समाजको तल्ले तहमा जन्म लिएका भए पनि आफ्नो व्यक्तित्वको विकास चारित्रिक उच्चता, असल आचरण, सद्व्यवहार, उच्च शिक्षा र व्यावहारिक ज्ञानबाट गरेर समाजमा आफ्नो लागि प्र्र्र्रतिष्ठित स्थान बनाए्र । अनि यसै वर्गमा पर्दछन् ‘उक्लिएको मान्छे’ का लेखक भक्तराज रञ्जित ।
माता जानकी र अष्टराज रञ्जितको सामान्य, आर्थिक दृष्टिले विपन्न र सामाजिक दृष्टिकोणले तल्लो तहको परिवारमा जन्मेका, दाज्यूको स्वर्गवासपछि जेठा छोराको रूपमा आर्थिक र मानसिक दबावको सामना गर्दै पारिवारिक दायित्व सम्हाल्नको निम्ति अल्पायुमै जागिर खान वाध्य भएका भक्तराजले जीवनलाई कसरी गतिशील बनाए, समाजमा आफ्ना लागि एउटा सम्मानजनक स्थानको निर्माण गरे र प्र्रतिष्ठित व्यक्तिको रूपमा आफ्ना सन्तानलाइ्र्र त्यस वेदनाबाट मुक्त राख्न सके जसको पीडा उनले भोग्नु परेको थियो । ती सबैको वृत्तान्त हो यो उनको यो आत्मवृत्तान्त– उक्लिएको मान्छे ।
यो सबै कसरी सम्भव भयो त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । ‘विद्या धनम् सर्वधनम् प्र्रधानम्’ भन्ने संस्कृतको श्लोक हामी सबैले सुनेको हुनु पर्दछ । भक्तराज रञ्जितकी आमा स्वयम् साक्षरताबाट वञ्चित भए पनि शिक्षाको महत्वलाई बुझेकीले होला उनले छोरा भक्तराजमा शिक्षाप्रति जुन चासो उत्पन्न गराईन त्यसबाट भक्तराज जसजसै आलोकित हँुदै गए जागिरमा संलग्न भएर पनि, शिक्षार्जन गर्दै स्नातकोत्तर स्तरसम्मको शिक्षा प्र्र्राप्त गर्न समर्थ भए ।
हुने बिरुवाको चिल्लो पात भने सरह भक्तराज रञ्जितले आफ्नो अध्ययन र सेवाकालमा आफ्नो व्यक्तिगत हित र व्यक्तित्वको विकास तर्फमात्र ध्यान नदिई समाजलाई पनि आफ्नो ज्ञान र अनुभवबाट फाइदा पु¥याउने कोसिस गरे । समाजको उत्थानको लागि अनेक काम गरी एक कुशल समाज सेवी सरहको दृष्टान्त प्रस्तुत गरे । यो अवसर उनलाई स्नातकोत्तर स्तरको शिक्षाकालमा राष्ट्रिय विकास सेवा योजना काल अन्तर्गत पर्वतको कुश्मा पुगे । शिक्षाको एक अंगको रूपमा उनले त्यहाँ प्रौढ महिला साक्ष््रारता अभियान चलाए, बन्द अवस्थामा रहेको पुस्तकालयलाइ्र्र पुनः सञ्चालनमा ल्याए, घर–घरमा शौचालयको महत्व बताएर अनेक घरमा त्यसको निर्माणमा सहयोग पु¥याए र भित्तेपत्रिका चलाएर जनतालाई देश–विदेशका समाचारबाट सुसूचित हुने काम गरी स्थानीय जनताका धन्यवादका पात्र मात्र भएनन्, स्नाताकोत्तरको डिग्र्रीमा डिस्ंिटकशनको उल्लेख पनि भेट्टाए ।
यी सबै घटनाचक्रका बीच उनले आफ्नो जीवनको सम्बन्धमा गरेका फैसला घरका मान्यजनहरूलाइ्र्र भने प्र्रिय लागेन, जसको वेदना लेखकले पुस्तकमा अर्कै किसिमले व्यक्त गरेका छन् । समाजमा विद्यमान रुढिगत सोचका कारण व्याप्त रहेको विसंगतिपूर्ण वातावरणमा उनले परिवारप्र्र्रति गरेका त्याग र बलिदानको पनि कदर हुन सकेन, जसले उनको उतार–चढावपूर्ण जीवनमा एउटा तिक्तताको वातावरण उत्पन्न गराएको बोध हुन्छ ।
जति बेला मैले ३७६पानाको यो पुस्तक समीक्षाका लागि पाएँ, यसको मोटाई देख्दा कुनै उपन्यास हो कि जस्तो लागेको थियो । तर यसका पानाहरू पल्टाउँदै र पढ्दै जाँदा यो कुनै फिल्मी पटकथाभन्दा कम लागेन । किनभने यसमा फिलिमका एकजना नायकले बेहोर्नु परेसरहकोे वेदना र संघर्षको गाथा छ, प्र्रेमको कुरा छ, अन्तर्जातीय विवाहको विषयलाई लिएर भोग्नु परेको वेदना र परिवारभित्र उत्पन्न तनाउपूर्ण वातावरणको चित्रण छ र अन्त्यमा नायकले पाएको सम्मानको वृत्तान्त छ ।
संक्षेपमा भन्नु पर्दा भक्तराज रञ्जितको यो आत्मवृत्तान्त ‘उक्लिएको मान्छे’ सबै वर्गका मानिसहरू, विशेषगरी युवा वर्गले पढ्नुपर्ने एउटा रोचक र शिक्षाप्रद पुस्तक हो । घोष्ट राइटिंग नेपालले छापेका विभिन्न पुस्तकहरूमाझ यो पनि एउटा लोकप्रिय पुस्तक प्रमाणित हुने आशा गर्न सकिन्छ । किनभने विषम परिस्थिति र विसंगतिसँग लड्ने धैर्य भएको र शिक्षाको मार्गमा परिश्रम गर्न नडराउने मानिसको जीवनलाई पनि लहरा उकालो लागे सरह उकालो लाग्नबाट कसैले रोक्न सक्दो रहेनछ । ‘उक्लिएको मान्छे’ले यही बताउँदछ ।

आइत, चैत्र २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महेन्द्र प्रजापतिको कार्यगत नेवारी गित एक चर्चा

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ ।  प्राचीन मन्दिरहरुमा तथा हस्त लिखित ग्रन्थहरुमा  बिभिन्न हाउभाउमा देवी देवताहरु नाँचिरहेको...

‘तँ’ भित्र ‘म’ को विचरण

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह माथि हाइकुद्वारा समिक्षा गर्दा

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा  लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा  ४२ वटा साना ठुला  कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र संबेदनशील भएर रचना गर्नु  भएको छ /यस कबिता संग्रहलाई नेपाली साहित्यमा...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...