संस्कृति/धर्म

ऐतिहासिक एवम् सांस्कृतिक नगर खोकनाका व्यथा

-अग्रज रञ्जितकार


ललितपुर । काठमाडौं केन्द«बाट आठ किलोमिटर दक्षिणमा ललितपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित खोकना नगर ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण नेवार बस्ती हो । यस नगरमा सैयौं वर्ष अगाडि देखिका संस्कृति र सम्पदाहरु संरक्षित रहेका छन् । तर यतिबेला संस्कृति र सम्पदाले भरिएको खोकनामा नेपाली सेनाले काठमाडौं उपत्यकाबाट बाहिर जाने द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउन शुरु गरेदेखि त्यहाँको जनजीवनका व्यथाहरु बहिर आउन थालेका छन् ।
सयौं बर्ष अगाडि देखिका संस्कृति सम्पदाहरुलाई हालै मात्र खोकनाबासीले महोत्सव मनाएर प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा खोकनाबासीका जनजीवनसँग सम्बन्धित विभिन्न सामग्रीहरु प्रदर्शनमा राखेका थिए । प्रदर्शनीले खोकनालाई ऐतिहासिक जनजीवनसँग सम्बन्धित सास्कृतिक नगरका रुपमा उजिल्याएको छ । त्यस्तै सांस्कृतिक पहिचान मेटिएला कि अथवा कि नाश होला भन्ने कि डर खोकनाबासीमा रहेको देखिएको छ ।
इतिहासदेखि वर्तमानसम्मै तोरी पेलेर तेल निकाल्ने परम्परागत कार्यका लागि खोकना प्रसिद्ध छ । साथै कृषि उब्जनी धान, गहुँ, तरकारी लगायतका लागि पनि खोकना अग्रस्थानमा थियो । श्री ३ चन्द« शमशेरको शासनकालमा बनाइएको नेपालको पहिलो जलविद्युत गृहबाट उत्पादित बिजुलीको पहिलो प्रयोग गरिएको घर खोकनामै रहेको छ, जुन अद्यापि देख्न पाइन्छ । जसको संरक्षणको निमित्त अहिले त्यहाँ संग्रहालय बनाइएको छ । साथै श्री ३ जुद्ध शमशेरको शासनकालमा सहरबासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन पाइप बिछ्याएर कलधारा जडान गरिएको थियो, जसको पहिलो प्रयोग पनि खोकनामै गरिएको थियो ।
नेपालीहरुको प्रमुख एवं महान् चाड दशैं खोकनामा मनाइदैँन । दशैंको सट्टा खोकनामा आफ्नै मौलिक चाडपर्व मनाइन्छ, जसलाई “सिकाली जात्रा” भनिन्छ । खोकनाबासीहरुले न कुखुरा पालन गर्छन् न त कुखुराबाट उत्पादित एवं कुखुरासँग सम्बन्धित आहारहरुको सेवन गर्छन् । खोकनामा लसुनको प्रयोग पनि सांस्कृतिक रुपमा निषेध गरिएको छ ।
स्थानीय अष्टेन्द« महर्जनका अनुसार परापूर्वकालमा काठमाडौंको ब्रम्हटोलबाट कारणवश निष्काशितहरुद्वारा बसाइएको शहर थियो, खोकना । निष्काशनमा परेका व्यक्तिहरु रुँदैबागमतीको किनारै किनार दक्षिणतर्फ जादाँतल्लो भेगमानयाँ बस्ती बसाउनपुगेकाथिए । रुदैँ निष्काशनमा परेकाव्यक्तिहरुद्वारा बस्ती बसाइएको हुनाले बस्तीको नाम नै “रुवावासी”को अर्थमा नेपालभाषामा“खोना”हुनगयो भन्ने किम्बदन्ती सुन्न पाइन्छ । उहाँकाअनुसार पिना (नेवारीमाखौ) लाई पिसिएर तेल बनाइने हुनाले पनिखोनानामांकरण भएको हुन सक्दछ ।
काठमाडौं उपत्यकाका अन्य नेवार बस्तीहरुमा साय्मी (मानन्धर) हरुले तेल उत्पादन गरेतापनि खोकनामा ज्यापूहरुले परापूर्वकालदेखि नै तेल उत्पादन गर्दै आएका छन् । मल्लकालिन अग्रणी राजा अमर मल्लको शासनकालमा तीनवटा स्थानीय बस्ती (जीतपुर, पुतपुर, तवदेश) लाई एकीकृत गरेर खोकना नगर बनाइएको, जुन तात्कालिन अवस्थामा राज्यकै स्वरुपमा थियो, उहाँले भन्नुभयो ।
नेपाल सरकारद्वारा रामनवमीको दिनमा बली चढाउन प्रतिबन्ध गरेतापनि खोकनाको रुद्रायणी अष्टमातृकास्थानमा त्यसदिन बली चढाइने परम्परा चल्दै आएको छ । दशैंको समयमा मनाइने गरिएको सिकाली जात्राको मुख्य दिन तीनदिन भएतापनि पूजाविधि कर्मकाण्ड अनुसार सातदिन मनाइन्छ ।
स्थानीय जनताको विमति हुँदाहँुदै पनि नेपाल सरकारले एकतर्फी रुपमा द्रुतमार्ग सम्पन्न गर्न लागेकोमा स्थानीयवासीमा आक्रोश रहेको पाइन्छ । स्थानीयले द्रुतमार्गको विरोध गर्नुको प्रमुख कारण स्थानीयको संस्कृति सम्पदा नष्ट होला भन्ने डर र आशंका नै थियो, जसलाई सम्बोधन गरिएन भन्ने गुनासो खोकनामा सुन्न पाइन्छ ।
खोकनाको व्यथा यतिमा मात्रै सीमित छैन । नयाँ पुस्ता परम्परागत पेशामा रुचि देखाउँदैनन् । यसतर्फ स्थानीयको चिन्ता बढेको पाइन्छ । स्थानीय परम्परागत उत्पादन कमी हुनु, वैदेशिक आयात बढ्नु र समयानुकुल प्रविधिको विकास नहुनु त्यसका प्रमुख कारणहरु हुन् भनी भन्ने गरिएको छ । यस्ता परम्परागत उद्यमलाई संरक्षण गर्दै समयानुकूल विकसित गर्दै लानुपर्ने स्थानीयको माग रहेको पाइन्छ । तर सरकारको प्राथमिकता सडक बनाउनेतर्फ मात्रै केन्द्रीत रहेकाले स्थानीयवासीमा असन्तुष्टी रहेको पाइन्छ ।
(प्रशिक्षार्थी ः ट्रिनिटी इन्टरनेशनल कलेज)

मङ्ल, चैत्र ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो। ‘मलामीको...

टुसालस्थित ऋषिकेश्वरदेखि नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा

काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा...

वृद्धभत्ता जम्मा गरेर धर्मशाला निर्माणमा गर्ने ८५ वर्षीय हजुर बुवालाई सम्मान

सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा...

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...