काठमाडौं, पुस १२ – भारतमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समुह चरणबाटै बाहिरिएको छ । आजको खेलमा भारतसँग ४-१ ले पराजित भएपछि नेपालको साफ च्याम्पियनसिपको यात्रा सकिएको हो ।
नेपालले खेलको तेश्रो मिनेटमा विमल घर्तिमगरको गोलमा अग्रता लियो । तर भारतले पहिलो हाफको २६ मिनेटमा बराबरी गोल फर्कायो ।
पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा भारतले थप ३ गोल गर्यो र खेल समग्रमा ४-१ ले जित्यो । नेपालको हारसँगै भारत र श्रीलंका सेमिफाइनल प्रवेश गरेका छन् ।
समुहको पहिलो खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको थियो भने भारतले श्रीलंकालाई २-० ले हराएको थियो ।



