![g]sf s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|];sf] kf6L{ sfof{no ;fg]kfdf a;]sf] s]Gb|Lo ;ldltsf] a}7sdf g]sf ;efklt ;'zLn sf]O/fnf, jl/i7 g]tf z]/axfb'/ b]pjf / pk;efklt /fdrGb| kf}8]n . tl:a/M /f]zg ;fksf]6f,/f;;](http://www.khojonline.com/wp-content/uploads/2015/12/ram-chandra-sushil-deuba-congress-meeting-300x202.jpg)
काठमाडौं । क्रियाशील सदस्यता छानबिन गर्न बनेको केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको समितिले सभापति सुशील कोइरालालाई प्रतिवेदन बुझाएपछि नेपाली कांग्रेसको १३औँ महाधिवेशन अब औपचारिक रूपमा अघि बढेको छ । पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार छानबिन समितिले तयार पारेको सदस्यताको प्रतिवेदनलाई सभापति कोइरालाले जस्ताको तस्तै स्वीकृत गरेर निर्वाचन समितिलाई बुझाएपछि निर्वाचन समितिसँगको सहकार्यमा केन्द्रीय कार्यालयले जिल्ला समितिमार्फत इकाई समितिसम्म पुर्याउने छ । त्यसपछि अधिवेशन सुरु हुनेछन् । गाउ“नगर अधिवेशन १५ माघ, क्षेत्रीय अधिवेशन २२ माघ, जिल्ला अधिवेशन २५ माघ र महाधिवेशन २० देखि २३ फागुनसम्म गर्ने कार्यतालिका कांग्रेसले तय गरकेको छ ।



