एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थाइल्यान्ड जाने


 

काठमाडौं- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थाइल्यान्ड जाने भएका छन्। दाहालसँगै सभामुख ओनसरी घर्ती पनि थाइल्यान्ड जाँदैछन्। उनीहरु यहि २२ गते थाइल्यान्ड जाने दाहालका स्वकिय सचिव जोख बहादुर महराले बताए।

एमाओवादी सचिव बर्षमान पुनको स्वास्थ अवस्थाबारे जानकारी लिन दाहाल र घर्ती थाइल्यान्ड जान लागेका हुन्। पुनको समति भेज अस्पतालमा उपचार भइरहेको छ।
यस अघि भारतको मेदान्त अस्पतालमा पुनको उपचार भएको थियो। उपचार पछि नेपाल फर्के पनि स्वास्थमा समस्या देखिए पछि उनलाई थाइल्यान्ड लगिएको थियो।

यसमा तपाइको मत