वैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित


काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो ।

Baikuntha-Manandhar-Sammanराप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान,मन्त्री कमल थापाले मानन्धरलाई उक्त पुरस्कार वापत सम्मान पत्र, पृथ्वीनारायण शाहको पूर्ण कदको मुर्ति र २ लाख नगद प्रदान गरी सम्मान गरे ।राष्ट्रिय खेलकुद संघ नेपालले गत वर्षदेखि नेपाली खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने पूर्व खेलाडीलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्य यो अवार्ड पाउने पहिलो खेलाडी हुन् ।मानन्धरले पहिलोदेखि तेश्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान रचेका थिए । त्यो कीर्तिमानलाई तेक्वान्दोका दीपक विष्टले सागको ११ औं संस्करणमा तोडेका थिए । दीपकले ११ औं संस्करणमा स्वर्ण जित्दै सागमा व्यक्तिगत स्वर्ण संख्या चार पुर्‍याएका थिए । दीपकले आठौंदेखि एघारौसम्म लगातार चार स्वर्ण जितेका हुन् ।

भारतको कोलकातामा भएको तेश्रो साफमा मानन्धरले म्याराथन पूरा गरेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रुपमा कायमै । विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई पटक सहभागिता जनाएका मानन्धर आठौंदेखि दसौं एसियाली खेलकुदमा पनि सहभागी थिए ।

त्यस्तै उनले विश्वकै सबैभन्दा ठूलो खेलकुम्भ ओलम्पिकमा चारपटक नेपालको प्रतिनिधित्व गरिसकेका छन् । १९७६ को मोटि्रयल, १९८० को मस्को, १९८४ को लस एन्जलस र १९८८ को सिओल ओलम्पिकमा मानन्धर सहभागी थिए । एसिायली ट्रयाक एन्ड फिल्डमा उनले पहिलोदेखि निरन्तर तीन संस्करणमा सहभागिता जनाए । मानन्धर विभिन्न प्रतिष्ठत पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री थापाले पुरस्कार स्थापानले खेलाडीको योगदानको कदर हुनुका साथै पार्टीको गरिमा समेत बढेको बताए । उनले आसन्न १२ औं सागमा नेपालको सहभागिता सुनिश्चित हुने बताउँदै बजेटमा केहि समस्य भएको भए समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।पुरस्कृत मानन्धरले देशको वर्तमान परिस्थितले जनजीवन कष्टकर भएको बताउदै चाँडो भन्दा चाँडो समस्या समाधान गर्न नेताहरुलाई आग्रह गरे ।

 

यसमा तपाइको मत