काठमाडौं । चार वटा सत्तारुढ दल र मुख्
य प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेका छन् ।
शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शिर्ष नेताहरुको बैठकले संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
बैठकले परिमार्जनको भाषा तयार गर्ने जिम्मेवारी कानूनमन्त्री अग्नीप्रसाद खरेलसहित तीन दलीय कार्यदललाई दिएको छ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत स्वीकार गर्ने गरी विधेयक पारित गर्ने निर्णय भएको जानकारी दिए ।
संविधान संशोधन विधेयक पारितका लागि व्यवस्थापिका संसदको बैठक अपरान्ह तीन बजे बोलाइएको छ ।



