काठमाडौँ : आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुको असहमति, नाराबाजी र बहिस्कारका बीच संसदले शनिबार राति दुई तिहाई बहुमतले संविधान संशोधन गरेको छ। असोज ३ गते जारी भएको संविधान चार महिनामै पहिलो पटक संशोधन भएको हो। संविधान संशोधन अपूर्ण रहेको भन्दै मोर्चाका सांसदहरुले बैठकको सुरुदेखि नै नाराबाजी गरे पनि मतदान प्रक्रिया सुरु हुन लागेपछि संसद बहिस्कार गरेका थिए। संविधान संशोधनका लागि बैठकमा उपस्थित कूल ४६८ सांसद मध्ये पक्षमा ४६१ मत र विपक्षमा ७ र तटस्थमा ० मत परेको थियो। संविधान अनुसार संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक हुन्छ। संविधान संशोधनका लागि परेका कूल २५ संशोधन मध्ये साना दलका संशोधनहरु ध्वनि मतले अस्वीकृत भएका थिए भने कांग्रेसका ६ वटा र माओवादीका १० वटा संशोधन फिर्ता भएका थिए। परेका संशोधनहरु मध्ये कांग्रेस सांसद फर्मुल्लाह मन्सुर र मिनेन्द्र रिजालले पेश गरेको संशोधनमा भाषा मिलाएर सरकारको मूल विधेयकमा परिमार्जन गरिएको हो। यस्तो छ पास भएको संशोधन बैठकले पारित गरेको संशोधनसहितको यो विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि औपचारिक रुपमा संविधान संशोधन हुनेछ। संसदको बैठक राति साढे आठ बजे सुरु भएको थियो। संविधान संशोधन गर्नका लागि शीर्ष नेता र कार्यदल स्तरमा दिनभरको कसरत पछि संसदको बैठक राति अबेर बल्ल बस्ने निश्चित भएको थियो। मोर्चाको असन्तुष्टि सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चा आबद्ध सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाए। सभामुख घर्तीले विरोधमा उभिएकामध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लालाई बोल्ने समय प्रदान गरे। सांसद शुक्लाले प्रमुख तीन राजनीतिक दलसंग भएको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो दिनमा मोरङको रङ्गेलीको घटनाले आफूहरुलाई सशङ्कित बनाएको बताए। प्रमुख तीन दलका तर्फबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गर्दै संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै भएको आरोप उनले लगाए। तराई मधेसको आन्दोलनलाई बदनाम गराउन खोजिएको भन्दै उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल सम्बद्ध सांसदहरुले नाराबाजी गर्ने बताए। उनले आफ्नो धारणा राखिसकेपछि तराई मधेस केन्द्रित दलका सांसदहरुले सभामुख घर्तीको आसन अगाडि पुगेर नाराबाजी सुरु गरे। यस्तै, सङ्घीय सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले पनि संविधान संशोधन प्रक्रियामा आफ्नो असहमति भएको बताइन्।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज


