काठमाडौं । दक्षिण एसियाली देशका श्रम मन्त्रीहरुको संयुक्त बैठक काठमाडौंमा हुने भएको छ । बैशाख २१ गतेदेखि काठमाडौंमा सुरु हुने बैठक २ दिनसम्म चल्नेछ । वैदेशिक रोजगारीमा रहेका कामदारहरुको सुरक्षा र चासोमा बैठक केन्द्रित हुने श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ। दक्षिण एसियाली देशहरुबाट ठूलो मात्रामा युवा कामका लागि विदेशिएका छन् । विशेषगरी मध्यपूर्बी एसियामा पुगेका कामदारहरु विभिन्न किसिमका जोखिम र समस्यामा छन् । उनीहरुलाई सुरक्षित र लाभदायक वैदेशिक रोजगारीको वातावरण मिलाउने विषयमा छलफल सार्क स्तरका सबै देशका श्रम मन्त्रीहरु काठमाडौंमा भेला हुन लागेका हुन् । बैठकमा नपालसँगै सार्क संगठनमा आवद्ध भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका श्रम मन्त्रीहरु सहभागी हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । सार्कको श्रममन्त्री स्तरीय बैठक गर्ने निर्णलाई नेपाल सरकारको मन्त्रिपरिषदले पारित गरिसकेको छ । बैठकमा उठाइने एजेण्डाहरु तय गर्न छलफल सुरु भएको प्रवर्द्धन बोर्डले जनाएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

