गुवाहटी- दक्षिण एसियाली राष्ट्को ओलम्पिक मानिने साग खेलकुदको १२ औं संस्करण सात वर्षको प्रतीक्षापछि शुक्रबार साँझ इन्दिरा गान्धी एथलेटिक्स रंगशालामा सुरु भएको छ। सन् १९८४ मा नेपालबाट थालनी भएको दक्षिण एसियाली खेलकुदको यस संस्करणका लागि खेलाडीले सातवर्षको प्रतीक्षा पूरा गर्नुपरेको थियो। सन् २०१० मा ढाकामा ११ औं संस्कण भएपछि धेरै आरोह अवरोहबीच साग खेलकुद भएको छ। भारतीय ओलम्पिक कमिटीको विवाद र भारतीय राष्ट्रिय चुनावका कारण निर्धारित समयमा हुन सकेको थिएन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा सुरक्षाबीच आयोजित विशेष कार्यक्रमबीच साग खेलकुदको उद्घाटन गरेका थिए।१२ औं संस्करणमा नेपाल सहित आठ राष्ट् अफगानिस्तान, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र आयोजक भारतका गरी २ हजार ६ सय खेलाडीले भाग लिएका छन्। खेलाडी र अफिसियल गरी ३ हजार २ सय ४४ जनाको सहभागिता छ।नेपालको झण्डा श्रृतिकाले बोकिन्नेपालको झण्डा बोक्ने सौभाग्य श्रीतिका सिंहले प्राप्त गरेकी छन्। श्रीतिका पौडी खेलाडी हुन्। नेपाल ओलम्पिक कमिटीले यसअघि नेपालको झण्डा बोल्ने जिम्मेवारी सुटिङ खेलाडी स्नेह राज्य लक्ष्मी राणालाई दिए पनि गुवाहटीमा आएर भने परिवर्तन गरेको थियो। नेपालको झन्डा बोल्ने खेलाडीको नाम उद्घाटनको अघिल्लो दिन नै दिनुपर्ने भएकाले स्नेह आइनपुगेका कारण श्रीतिकाले अवसर पाएकी हुन्। स्नेह वैैदेशिक प्रशिक्षणमा थिइन्।मार्चपासमा सहभागी आधाजसो राष्टि्य पोशाकमै थिए भने आधाले ट्याकसुटमा भाग लिएका थिए।सातवर्षपछि भएकाले सागमा यसपल्ट लगातार स्वर्ण जितेर इतिहास दोहोरयाउने मौका तेक्वान्दोकी आयशा शाक्यलाई मात्र छ। उनले ११ औं सागमा स्वर्ण जितेकी थिइन्। विगतमा सागमा स्वर्ण जित्ने अर्का खेलाडीमा उसुका राजकुमार रसाइली मात्र छन। उनले १० औं सागमा स्वर्ण जितेका थिए। त्यसबाहेक यस सागमा सहभागी सबै खेेलाडी सागको पहिलो स्वर्ण जित्नेमा गनिने छन्।आसामको गुवाहटी र मेघालयको सिलोङमा जारी साग खेलकुदमा नेपालले २३ खेलमा ३ सय ८४ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको छ। पुरुष हक्की बाहेक नेपालले सबै खेलमा महिला र पुरुष खेलाडीलाई सहभागी गराएको छ।आसाम पुलिस फोर्स र असाम राइफलको विशेष फोर्सले विशेष प्रस्तुति दिएका थिए। उद्घाटनमा दक्षिण एसियाली खेलकुदको इतिहास सहित सबै राष्ट्को पहिचान झल्कने प्रस्तुति दिइएको थियो। आसाम राज्यमा पर्ने प्रसिद्ध ब्रम्हपुत्र नदीका कारण सबै देशको नदीको चित्रण गरिएको थियो।महिला हक्कीमा नेपाललाई पदकपहिलो पल्ट साग खेलकुदमा सहभागी महिला हक्कीले पदक जित्ने पक्का भएको छ। तीन टोलीमात्र प्रतिस्पर्धामा भए पनि कम्तीमा कांस्य पदक जितेको छ। अन्तिम समयमा बंगलादेशी टोलीले भाग नलिने भएपछि नेपाल, भारत र श्रीलंकाका महिला टोलीमात्र प्रतिस्पर्धामा छन््। नेपालले पहिलो खेल फेबुअरी ७ मा भारतसँग खेल्नेछ भने ९ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलोपल्ट साग खेल्ने आएको महिला हक्की टोली पदक पाउने भएपछि उत्साही देखिन्थे।टोलीका प्रशिक्षक राजेन्द्र पाठकले भने, हाम्रो लक्ष्य रजत पदक भएको छ। श्रीलंकालाई हामीले टक्कर दिन सक्छौं। उनीहरु हामीजस्तै हुन्। कठिन प्रतिद्धन्द्धी भनेको भारत हो। त्यसैले श्रीलंकालाई जित्यौं भने हामी लक्ष्य पूरा गर्छौ।उनले नेपालको तयारी पनि राम्रो भएको बताए। टोलीले भारतको मणिपुरमा एक साता टर्फ मैदानमा प्रशिक्षण गरेर आएको हो। पाठकका अनुसार त्यहाँ स्थानीय टिमसँग भएको अभ्यास खेलमा १ का विरुद्ध ४ गोलले पराजित भएको थियो। उनले भने, नेपालमा महिला हक्कीको एउटै राष्टि्य च्याम्पियनसिप हुन सकेको छैन। त्यसैले खेलाडीसँग फिल्ड अनुभव कम छ। तर खेल्ने क्षमता प्रचुर छ। एउटा मात्र टर्फ मैदान हुने हो भने हामी हक्कीमा राम्रो गर्न सक्छौं।बजेट अभावका कारण पुरुष टोलीको सहभागिता गर्न नसकेको टोलीका मुख्य प्रशिक्षक बाबुराम नेपालले जानकारी गराए।महिला फुटबलमा विजयी सुरुआतनेपालले सिलोङमा सुरु महिला फुटबलमा बंगलादेशलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै साग यात्रा थालेको छ। साविक उपविजेता टोली नेपालले बंगलादेशविरुद्ध तीन गोल पहिलो हाफमा गरेको थियो।दोस्रो मिनेटमै दीपा अधिकारीले नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसमा अनु लामाले १७ औं मिनेटमा अर्को गोल थपेकी थिइन्। उनको ‘अन्तर्राष्टि्य गोल हो। तेस्रो गोल निरु थापाले पहिलो हाफको अन्ततिर गरेकी थिइन्। दोस्रो हाफमा बंगलादेशको केही प्रहारलाई नेपालकी गोलकिपर लीला लामगादेले बचाएकी थिइन्।नेपालले दोस्रो खेलमा फ्रेबुअरी ७ मा माल्दिभ्ससँग खेल्नेछ।पहिलो दिन भलिबलमा नेपालको दुवै टोली पराजित भएको। महिलातर्फ नेपाली टोली श्रीलंकासँग पराजि,त भएको छ। महिला टोली २५ १९, २५ १४ र २८ २६ को सेटमा पराजित भएको हो। सन् १९९९ का काठमाडौंमा सम्पन्न र २००६ मा श्रीलंका सागमा महिला भलिबलले कांस्य पदक जितेको थियो। गत वर्ष काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रित महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो। यसपल्ट पनि श्रीलंकालाई हराउने अपेक्षा लिएको नेपाल सागको फाइनलमा पुग्ने लक्ष्य थियो।पुरुषतर्फ पनि नेपाली टोली श्रीलंकासँग नै पराजित भयो। २५ १०, २५ १५ र २५ १० को सेटमा पराजित भएको थियो। नेपालले शनिबार अफगानिस्तानसँग खेल्नेछ।महिला टिमले भने अफगानिस्तानसँग शनिबार प्रतिस्पर्
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

