उपराष्ट्रपतिको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललार्इ प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

शनिबार साँझ वीरेन्द्र सैनिNanda-Bahadur-punक अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै स्वास्थ्यमा ख्याल गर्न उपराष्ट्रपति पुनलाई समेत आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सिन्धुलीमा आयोजित तेम्बा सांस्कृतिक कार्यक्रममा सरिक हुन जानुभएका उपराष्ट्रपति पुन आज अचानक अस्वस्थ भएका थिए ।  अचानक अवस्थ्य भएका उपराष्ट्रप

ति पुनलाई नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट शनिबार साँझ काठमाडौँ ल्याई छाउनी अस्पतालमा भर्ना गरिएको थियो ।

सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक प्राविधिक उपरथी डा किशोरजङ्ग राणाका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको तथा थप अनुसन्धान र उपचारका लागि भर्ना गरिएको छ ।

उपराष्ट्रपति पुनका छोरा दिपेश पुनका अनुसार चिकित्सकले उनलार्इ आराम गर्न सल्लाह दिएका छन् ।

यसमा तपाइको मत