सिटौला र गगन संस्थापन समूहबाट आउट


काठमाडौं ।  कांग्रेस संस्थापन पक्षले रामचन्द्र पौडेललाई सभापति र शशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

पूर्वअर्थमन्त्री डाgagan-thapa-300x169. रामशरण महतको निवासमा भएको  संस्थापन समूहका नेताहरुको भेलाले यस्तो टुंगो लगाएको हो  ।

सभापतिको दाबी गरिरहेका वर्तमान महामन्त्री प्रकाशमान सिंहलाई उपसभापति बनाउने वचन पौडेलेल दिएका छन् ।

निकटवर्तीका अनुसार उनले कहिल्यै सभापति लड्ने तयारीमा थिएनन् ।

अर्का दाबेदार कृष्ण सिटौलालाई पनी भेलामा बोलाइएको थियो ।

त्यहाँ उनीसँग सामूहिक र पौडेलले एक्लै पनि छलफल गरेका थिए । तर सहमति हुन सकेन ।

महत निवासको यो सहमतिसँगै कृष्ण सिटौला र गगन थापा भने संस्थापन समूहबाट आउट भएका छन् ।

सिटौला सभापति र थापा महामन्त्रीका दाबेदार हुन् ।

 

यसमा तपाइको मत