गगन थापाले राजनीतिक रुपमा आत्महत्या गर्ने निर्णय लिए


 

वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका नेता अर्जुननरसिह केसीले आफ्नो एक अन्तर्वार्ताका क्रममा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगनलाई गम्भीर आरोप लगाएका हुन् ।

gagan

 

उनले गगनलाई राजनीतिक रुपमा आत्महत्या गर्ने निर्णय लिएको आरोप लगाएका हुन् । ‘गगन थापाले राजनीतिक रुपमा आत्महत्या गर्नुभो,’ गगनका ससुरासमेत रहेका केसीले भने । अर्जुननरसिंहका गगन आफ्नै छोरीज्वाई हुन् ।

गगन थापा हार्ने निश्चित छ भन्दै उनले हारमा कुनै फरक नपर्ने बताए । केसीले भने- ‘म स्टेप बाई स्टेप आएको मान्छे । उहाँ हिजो आउनुभएको युवा त्यसकारण जित्ने अवस्था देख्दिन् ।’ उनले पार्टीमा रहेको भागवण्डा समाप्त पार्न र पार्टीलाई एक बनाउन देउवा प्यानलमा गएको बताए ।

यसमा तपाइको मत