काठमाडौं । अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको गोंगबुस्थित नया“ वसपार्कको मुहार फेर्ने प्रयासको थालनी भएको छ । यसलाई आधुनिक र सुविधा सम्पन्न बनाउने कामको प्रधानमन्त्री केपी ओलीले सोमबार उद्घाटन गरेका छन् ।
तिन वर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको वसपार्क बनाउने योजनासहित ल्होत्से बहुउद्येश्यीय प्रालीले बसपार्कलाई सुरक्षित र सुविधा सम्पन्न बनाउने कामको सुरुवात गरेको हो ।
बसपार्कको स्तरोन्नतीको उद्घाटन गर्दै ओलीले भने, ‘देशलाई नयाँ ढंगले अघि बढाउने र तीब्रताका साथ विकासको बाटोमा लैजान आवश्यक रहेको छ । ’ नया“ ढांचाले निर्माणलाई अघि बढाउने काममा नया“ बसपार्क सुव्यवस्थित हिसावले सञ्चालन गर्नु पनि एउटा राम्रो काम हुने उनको भनाई थियो ।
समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भुमिका हुने भन्दै ओलीले विकासका लागी प्रविधि र साझेदारी संगै लगेमा अघि बढ्न सहज हुने बताए ।
राजधानीको विकासका लागी भौतिक निर्माण आवश्यक रहेको र राम्रो भौतिक संरचना निर्माण अन्य सहरका लागी पनि नमुना हुने उनको भनाई थियो । राजधानीका भौतिक संरचना निर्माणमा प्रविधिको उपयोग आवश्यक रहेको र यसमा निजी क्षेत्रको स्रोत र सीप जोडिएको र महानगरको नेतृत्व रहेकोले यो काम सफल हुने ओलीले बताए ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भुकम्पले क्षती भएको काठमाडौंको भौतिक संरचना पुनर्निर्माण मात्र होइन नयाँ वसपार्कको सुधारसँगै नवनिर्माण पनि सुरु भएको र राजधानीको सम्पन्नतामा यसले योगदान दिने बताए । बसपार्कको आधुनिकीकरणले राजधानीमा सवारी आवागमनको स्तरीयतामा सुधार आउने उनको भनाई थियो ।
ल्होत्से बहुउद्देश्यीय प्रालीका कार्यकारी अध्यक्ष दीपक कुंवरले अबको नया“ बसपार्क पूर्ण सुरक्षित र व्यवस्थित हुने बताए । स्तरोन्नतीका लागी अघि बढ्दा धेरै धेरै समस्या आएको भन्दै उनले एक प्रतिशत व्यवसायीले वसपार्कको छवि विगारेको बताए । अन्तर्राष्ट्रिय वसपार्कमा हुनुपर्ने सबै सुविधा दिलाउने उद्देश्यसहित आफूहरुले यसको सुधारमा लागेको बताए ।



