प्रधानमन्त्री केपी शर्मा ओली गीतकार पनि बने


राजनीतिबाहेक उखान टुक्का र विम्वात्मक बोलीका लागि परिचित प्रधानमन्त्री केपी शर्मा ओली गीतकार पनि बनेका छन् । आज (बुधबार) राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एउटा गीत16032016035741Rss_Images_1458120365302_NN-Ktm-PM-NP-(3)-1000x0 मन नपरेपछि उनले आफैं गीत लेखेका हुन् ।

जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि उनले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै यसको विकल्पमा प्रयोग गर्न गीत लेखेर दिएका हुन् ।

क्याटेडहरुले कवाज, सामुहिक नृत्य, खुकुरी नृत्य, तेक्वान्दो पीटी प्रदर्शन गरेका थिए । अन्तिममा प्रस्तुत गरिएको एरोबिक्समा भने अंग्रेजी गीत बनाइएको थियो । त्यसअघिका प्रस्तुतिमा राष्ट्रिय भावनाले भरिएका नेपाली गीत थिए ।

सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै उनले भने, ‘मेरो एउटा सानो सुझाव छ, एरोबिक्स देखाउँदा तपाईंहरुले बजाएको गीत मैले बुझिनँ ।’

त्यसपछि उनले यस्तो भावको गीत होस् भनेर सुनाए–

म मेरो देश बनाउँछु
उन्नत, अझ सुन्दर,
म मेरो देश बनाउँछु
हिमाल, पहाड तराई,
पूर्व–पश्चिम, मेची–महाकाली
मेरा सबै दिदी–बहिनी, मेरा सबै दाजु–भाई
म माया गर्छु सबैलाई,
माया गर्छु मेरो देशलाई
म मेरो देश बनाउँछु 

यसमा तपाइको मत