नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता खारेजीका माग गर्दै काठमाडौंमा प्रदर्शन


 हाल प्रधानमन्त्री केपीjhanda-julsuh शर्मा ओली चीन भ्रमणमा रहेका बेला एक वर्ष अघि चीन र भारतबीच भएको नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता खारेजीका माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले बुधबार चीन र भारतबीच भएको लिपुलेक सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला लिपुलेक सम्झौताको विषयमा कुरा उठाउन ज्ञापनपत्र बुझाएको तर प्रधानमन्त्रीले सम्झौताको बारेमा छलफलै नगरेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा एक घण्टा प्रदर्शन गरेको हो । नेपाललाई नै जानकारी नदिई नेपालको भूमि लिपुलेकमा भारत चीनले ब्यापारिक नाका खोलेको भन्दै अखिल क्रान्तिकारीले उक्त सम्झौता खारेज गर्न सरकारले पहल नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

यसमा तपाइको मत