भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्ततः आफूले गरेको गल्तीको पश्चताप गर्दै नेपालसँग माफी मागेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीसँग फोनमार्फत माेदीले माफी मागेका हुन् ।
शुक्रवार मध्यान्हतिर मोदीले फोन गरेर ओलीलाई नेपाल–भारत सम्वन्ध अब अर्कै उचाइमा पु¥याउन आग्रह गरेको गोप्य श्रोतले बताएको
छ । विगतमा भएका समस्याहरुलाई विर्सिएर अब नयाँ सम्बन्ध विस्तार गर्नेबारे पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा भनेको बुझिएको छ ।
यसअघि, मोदी शुक्रवार विहान दक्षिण भारतको ताम्कुर जिल्लामा बस्ने सिद्धगंगा मतका महाज्ञानी शिवकुमार स्वामीको जन्मदिनमा शुभकामना दिन त्यसतर्फ गएका थिए । त्यहाँ मोदीले भारतका चर्चित योगस्वामी रामदेव र रविशंकरलाई भेटेका थिए ।
भेटमा रविशंकर र रामदेवले नेपालजस्तो पवित्र र देवदेवीहरु बस्ने हिमालयको देशका जनतालाई नाकाबन्दीका कारण अति कष्ट पुगेको भन्दै नेपालसँग सम्वन्ध सुधारका लागि आग्रह गरेको बताइएको छ ।
सोही कारण पनि मोदीले प्रधानमन्त्री ओलीसँग फोनमा कुरागरेको हुनसक्ने अनुमान गरिएको छ । विहीवार मात्रै भारत र यु्रोपियन युनियनले एक संयुक्त विज्ञप्ति
जारी गर्दै नेपालको संविधानलाई सच्याउन आग्रह गरेको थिए ।
विहीवार नै सोही विषयलाई लिएर नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यु्रोपियन युनियन र भारतको अनावश्यक चासोका विरुद्ध अर्को कडा विज्ञप्ति जारी गरेको थियो । कतिपय विश्लेषकहरुले भारतीय प्रमको माफी मगाइलाई कुटनीतिक चाल भन्दै नेपाल अब झनै सतर्क भएर बस्नुको विकल्प नभएको बताएका छन् ।



