राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी निकट रहने गुण्डा नाइके पक्राउ


गुन्डानाइके विश्वक्रान्ति सिंह पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले हतियारसहित सिंहलाई पक्राउ गरेको हो। ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंह पक्राउ परेको पुष्टि गरे। ‘बिहान ११ बजे सिंह पक्राउ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ,’ डिएसपी किसनसिंह थापाले भने।
हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दीमा संलग्न सिंह केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका थिए। प्रहरीलाई घुस दिन मध्यस्कर्ताको भूमिका खेलेको भन्दै उनी पक्राउ परेका थिए। पछि अख्तियारले उनलाई छाडेको थियो।
आपराधिक क्रियाकलापमा संलग्न सिंह हतियारसहित धेरै पटक जेल परिसकेको प्रहरीले जनाएको छ। सिंह राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी निकट मानिन्छन् ।

यसमा तपाइको मत