मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने-प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्माkp ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका  छन् ।

अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको आज उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूले हिँडाएको  जिकिर गरे ।

अब आउने बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम अघि सार्ने उद्घोष पनि अाेलीले गरे ।

आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गरे ।

मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने गरी सरकार अघि बढेको बताउँदै उनले भने– ‘त्यहीअनुसार काम गर्न म कार्यकर्तालाई आग्रह गर्दछु ।’

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति थियाे । रास

यसमा तपाइको मत