प्रधानमन्त्री केपी शर्मा अाेलीले भूकम्प पीडितहरूकाे व्यवस्थापनलार्इ अागामी असार महिनाभित्रै गर्ने प्रतिबद्धता व्यक्त


oli-2-358x300प्रधानमन्त्री केपी शर्मा अाेलीले भूकम्प पीडितहरूकाे व्यवस्थापनलार्इ अागामी असार महिनाभित्रै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका सांसदको प्रतिनिधिमण्डलले बुझाएको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनकाे कामलार्इ अागामी असारभित्र गरिसक्ने बताएका हुन् ।

कांग्रेस प्रतिनिधिमण्डलसँग कुरा गर्दै अाेलीले  भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको पनि दाबी गरे । अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

काँग्रेसका तर्फबाट सांसद धनराज गुरुङले ज्ञापनपत्र बुझाउँदै भूकम्पपीडितलाई दिइने राहत र पुनःनिर्माणमा सरकार उदासीन देखिएको आरोप लगाए ।

‘जटिल परिस्थितिमा सरकारले काम गरेर देखाउन सक्नुपथ्र्यो तर कामभन्दा बोलीमा सरकार रमाइरह्यो । कहिले पुनःनिर्माणको महाअभियानको थालनी त कहिले मेरो धरहरा म आफैँ बनाउँछु भन्ने नारामै सरकार रमाइरहेको देख्दा यो सरकार सस्तो लोकप्रियताको कुरा मात्रै गरिरहेको पुस्ट्याइँ हुन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

काँग्रेसले भूकम्पपीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभई एक मुष्ट रुपमा आजको मितिले एक महिनाभित्र वितरण गरियोस् भन्ने माग गरेको छ ।

साथै राहत वितरणलाई सरल र सहज बनाउनका लागि इ–बैंकिङ प्रणाली अपनाउनाका साथै भूकम्पपीडितलाई घर बनाउने क्रममा निःशुल्क नक्सा पासको व्यवस्था गर्न समेत काँग्रेसले माग गरेको छ  ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा जो रहे पनि सहमति र सहकार्यका साथ अघि बढनु पर्नेमा जोड दिए । उनले मुुलुकमा ब्याप्त इन्धन तथा खाना पकाउने ग्यास लगायतका बस्तुको अभाव कृत्रिम अभाव भन्दै त्यसलाई नियन्त्रण गर्न आफू कडा रुपमा लाग्ने पनि प्रतिवद्धता जनाए ।

 

यसमा तपाइको मत