२६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता


Malaysiaकाठमाडौं । मलेसियाले अवैधानिक रुपमा बसिरहेको अभियोगमा २६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छ । बितेको ४ महिनामा २६ सय नेपालीलाई पक्राउपछि घर पठाइएको हो ।

जनवरीयता ठूलो संख्यामा रहेका अवैधानिक नेपाली कामदारलाई निष्काशन (डिपोर्ट) गरिएको मलेसियन सरकारले जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

‘अवैधानिक कामदारको पुनः दर्ता कार्यक्रम’मा सहभागी नहुनेहरुलाई मात्र पक्राउ गरी निष्काशन गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

सन् २०१६ लागेयता भिसा अवधि सकिएर पनि स्वदेश फर्कन अटेर गर्ने अवैधानिक कामदारलाई फिर्ता पठाउन ‘धरपकड अभियान’ चलाएको छ ।

यही अवधिमा २ हजार ६ सय भन्दा बढी नेपाली कामदारलाई पक्राउपछि फिर्ता पठाइसकेको मलेसियाका सहायक गृहमन्त्री नुर जाज्लान महोम्मदले संसदमा जानकारी दिएका छन् ।

सांसदहरुसँग कुरा गर्दै उनले भने, ‘सरकारले अवैधानिक कामदारलाई पुनः दर्ता हुन अवसर दिएको छ, तर उनीहरु दर्ता प्रक्रियामा नआई मलेसियामा गैरकानुनी रुपमै बसिरहन चाहेकाले पक्राउ गरेर डिपोर्ट गरेका हौं ।’

मलेसियाले गत फेब्रुअरीदेखि अवैध कामदारलाई वैधानिक हुन अवसर दिएको छ । तर, आफूलाई वैध बनाउन अटेर गर्नेहरुलाई पक्राउ गरेर मलेसियाले फिर्ता पठाइरहेको छ ।

यसरी मलेसियाबाट जनवरीयता ४० हजार विदेशी कामदार निष्काशित भइसकेका छन् । २० हजार इन्डोनेसियन, झण्डै ४९ सय बर्मेली, ३९ सय बंगलादेशी, २७ सय भारतीय अवैधानिक कामदारलाई पनि मलेसियाले निष्काशन गरिसकेको छ ।

सहायक गृहमन्त्री महोम्मदले विभिन्न नाकाहरुबाट अवैध रुपमा छिर्नेहरु बढीजसो मलेसियामा अवैध रुपमा बस्ने गरेको बताए ।

उनले सबै अवैधानिक कामदारलाई पुनः दर्ता र डिपोर्ट गरेपछि श्रम बजारमा कति विदेशी जनशक्ति आवश्यक छ भन्ने पत्ता लाग्ने पनि बताए ।

पुनः दर्ता र डिपोर्टको प्रक्रिया चलिरहेकाले मलेसियाले हाल नयाँ विदेशी कामदार लिन बन्द गरेको

यसमा तपाइको मत