प्रचण्डले वर्तमान सरकार परिवर्तन गर्ने बेला नआए


Prachanda-2मोरङ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार परिवर्तनको पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्। सोमबार विराटनगरमा पत्रकारसँग प्रचण्डले वर्तमान सरकार परिवर्तन गर्ने बेला नआएको बताए। 

‘जनअपेक्षा अनुसार काम नभएको भए समीक्षा गर्न सकिन्छ, समग्र परिस्थितिको मुल्याकंन गर्ने समय छ तर सरकार वा मन्त्री फेर्ने विषयमा अल्झनु राम्रो हैन’, प्रचण्डले भने।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन आएका प्रचण्डले सरकारको चाबी कोसँग छ भनेर हिँड्ने बेला नआइसकेको बताए। ‘हामी सरकारको मुख्य हिस्सेदार हौँ। अहिले नै चाबी कोसित छ भनेर हिँड्ने बेला भएको छैन’, उनले भने।

देशमा देखिएको चुनौतीको सामना सबै राजनीतिक शक्तिबीचको एकताले मात्र हुने उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जरुरी रहेको बताए।
दलहरुबीच बढेको ध्रुवीकरणलाई समेट्दै अगाडि बढ्नु नै अहिलेका लागि राष्ट्रिय हितमा हुने उनले बताए। ‘कसैले वा कुनै देशले भनेको भरमा नेपालको सरकार परिवर्तन नहुने उनले बताए।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको बारेमा छिमेकी वा तेस्रो मुलुकका संसदमा छलफल हुनु गलत भएको बताउँदै समग्र निर्णय प्रक्रियामा नेपाली राजनीतिक दल र जनता सक्षम रहेको बताए।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको समस्या समाधान, संविधानको कार्यान्वयन, भूकम्पपछिको पूनर्निर्माण गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान राष्ट्रिय राजनीतिकमा एकताको खाँचो रहेको बताए।

मुलुकलाई निकास दिन नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरु सहमति र  एकताबाट भाग्नु नहुने उनले बताए।

यसमा तपाइको मत