सरकारको नीति तथा कार्यक्रम : एमालेको चुनावी घोषणा पत्र


Bidhya-Bhandari-in-Parliyament-Meetingनेकपा एमालेको नेतृत्वमा बनेको सरकारले आइतबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत गरिएको १ सय ३८ बुँदे नीति तथा कार्यक्रम एमालेको चुनावी घोषणा पत्रजस्तो भएको विरोधीहरुले आरोप लगाएका छन् ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि नेपाली कांग्रेसले यसलाई म्यादी सरकारको दीर्घकालीन योजना भन्दै विरोध गरेको छ । सरसर्ती हेर्दा यो नीति तथा कार्यक्रम एमालले आफ्नो पार्टीको लोकप्रियतालाई तान्न गरेको बुझिएको छ ।

खासगरी आसन्न स्थानीय चुनाव र संसदीय चुनावका लागि आफ्नो पक्षमा वातावरण बनाउन पनि एमालेले सस्तो लोकप्रियताका लागि यस्तो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

सारमा हेर्दा यो नीति तथा कार्यक्रम नेपाली जनताका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’जस्तै बनेको छ ।

ओली सरकारको भविष्य आज हो वा भोलि भन्ने ठेगान नै नभइरहेको बेला ठूल्ठूला नीति तथा कार्यक्रम सार्वजनिक गरेर एमालेले आउने चुनावमा आफ्नो पार्टीका लागि जनमत तान्ने हतियार बनाएको देखिन्छ ।

अस्थीर राजनीतिले देशलाई अस्थीर र असान्त बनाइरहेको बेला ओली सरकारले जारी गरेको नीति तथा कार्यक्रमले जनतालाई केही पनि दिन नसक्ने प्रष्ट देखिएको छ ।

अघिल्ला वर्षमा घोषणा गरिएका प्रतिबद्धतासमेत पूरा गर्न नसकिएको अवस्थामा यो अस्थीर सरकारले स्थीर प्रकारको नीत तथा कार्यक्रम सार्वजनिक गर्नु नै अर्को नौटंकी भएको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् ।

 

यसमा तपाइको मत