काठमाडौं
। शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन ।
आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।
गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प गएको थियो ।



