विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड


banda_sajhaविप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।

राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले  आगजनी गरेका थिए ।

यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

यसमा तपाइको मत