
सुरज किराती
“नया शक्ति हैन नयाँ पार्टी भन्नुहोस् नया पार्टी “दक्षिणी पावर र पैसाबाट नेपाली राजनीतिमा भर्खरै अस्तित्व खोज्दै गरेको निउ बर्न बेबीलाई नया शक्ति भन्न मिल्दैन अहिले! बाबुरामले भन्लान तर यो हल्का ठट्टा मात्रै हुन जान्छ जन्ताले पत्याउने आधार छैन!भोलिको दिनमा चुनावी मैदानबाट जन्ताले यो बेबि पार्टीको हैसियत देखाइ नै दिनेछन् यदि जनमत लिएर पार्लियामेन्ट छिरे नया शक्ति नभए नाम मात्रैको नयाँ पार्टी सङ्घिय समाजवादी जस्तै! बाबुरामले सस्तो लोकप्रियताकोलागि आफ्नो बेबि पार्टीलाई नया शक्तिको नाम दिएर जन्ताको आखामा भ्रम छर्न खोजेको प्रस्ट देखन्छ!खाट्टी कुरो चाहिँ यहाँ छ, विशेष गरि दोस्रो संविधान सभाको चुनाव पछि भारतप्रती विशेष झुकाब राख्ने पार्टी काङ्ग्रेस मधेसी दल कमजोर भए नेपाली राजनीतिमा बामपंथी शक्ति हाबी हुन थाले जुन कुरो भारतले नजिक बाट नियालिरहेको थियो!
भारत जसरी पनि नेपाली राजनीतिमा बामपंथी शक्तिलाई कम्जोर बनाएर आफ्नो एजेन्डाहरु नेपालमा स्थापित गराउन चाहान्थ्यो मधेसी दललाई मधेसी जन्ताले नै साथ नदिए पछि र नेपालि राजनीतिको पछिल्लो घटनाक्रम अनुसार नेपाली काङ्ग्रेसको हैसियत नेपाली राजनीतिमा खुम्चिएको भारतले ठान्यो त्यस पछि भारतले फुटाउ र राज गरको नीति लिएको स्पष्ट देखिन्छ!फलस्वरूप भारतले बाबुरामलाई ब्ल्याक मेलिङ गरे बाबुराम माओवादी भित्र असन्तुष्ट नेताहरुको गुट चलाउथे भारतको आर्थिक नैतिक साथ पाए पछि यिनले पार्टी त्याग्ने आट गरेका हुन!अब हेर्दै जानू होला यदि कथित नया शक्तिले जन्ताको साथ पाए भने पनि राजनीति नेपाल र नेपाली जन्ताको लागि हैन भारत र भारतीय जन्ताको लागि गर्ने छ नुनको सोझो गर्न बाबुरामले राम्ररी जानेका छन् !भोलिको दिनमा भारतलाइ खुसी पार्न काङ्ग्रेस र नया शक्ति बिच रास्ट्रघाती सम्झौता गर्न होडबाजी नै चल्नेछ!होशियार बनौ देस भक्त युवाहरू देस बेच्न भारतको दलाल हरु नया शक्तिको नाममा भा ज पाको भात्री संगठन जन्माउदैछ्न!भारत परस्त दलालहरुको फुस्रो बिकास र समृद्धिको नारामा अल्मलिएर देस र जन्ता प्रती घात नगर्न सबै देस प्रेमी युवाहरूलाई अनुरोध छ



