नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले दुबईको जमेरिया लेक टावरमा लक्जरी होटल निर्माण सुरु गरे


नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले दुबईको जमेरिया लेक टावरमा लक्जरी होटल निर्माण सुरु गरेका छन् ।

CG hotel Dubaiचौधरी समूह अन्तर्गतको सिजी होटल्स एन्ड रिसोर्टले जयन्त लाल र राज स्रफसँग मिलेर भारतको प्रख्यात ताज रिसोर्ट एन्ड प्यालेसेससँगको साझेदारीमा दुबईमा होटल निर्माण सुरु गरेका हो ।

दुबईका प्रमुख २०० होटलमा आफ्नो स्थान बनाउने उद्देश्यसहित होटलको निर्माण कार्य सुरु भएको छ । पछिल्लो समय दुबई संसारभरीका पर्यटका लागि आकर्षक गन्तव्य बनेको छ ।

यसैगरी अर्को महिनादेखि चौधरी समूहले रुवान्डाको किगालीमा आफ्नो नयाँ होटल सञ्चालनमा ल्याउने भएको छ । दुबई र रुवान्डामा होटल खोल्नुको उद्देश्य पश्चिम एशिया र अफ्रिकाका प्रमुख बजारमा आफ्नो उपस्थिती देखाउनु रहेको छ ।

चौधरी समूहले यसअघि नै सन् २०२० सम्ममा विश्वभर २०० होटल खोल्ने घोषणा गरिसकेको छ ।

कम्पनीको बिजनेस एक्स्पान्सनका बारेमा सिजी होटल्स एन्ड रिसोर्टका निर्देशक राहुल चौधरीले ट्रेड अरेविया न्यूज सेवालाई भनेका छन्- रुवान्डामा जिंक एन्ड जिंक लिभिङ लक्जरी होटल खुलेपछि पूर्वी अफ्रिकामा हामीले होटल व्यवसायको नयाँ बेञ्चमार्क सेट गर्ने छौं ।

‘जुलाई महिनामा रुवान्डाको किगालीमा हुने अफ्रिकी शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरु हाम्रो होटलका पहिलो पाहुना हुनेछन्’ चौधरीले भने ।

चौधरी समूहले १२ देशका ५९ ठाउँमा ७९ वटा लक्जरी होटल सञ्चालनमा ल्याइसकेको छ । चौधरी समूहको आफ्नै ब्रान्ड जिंक एन्ड र्फन हो । तर, यो समूहले ताज, आलिला, जेट विङ, द फार्मजस्ता ठूला होटल ब्रान्डसँगको साझेदारीमा लक्जरी होटल चलाइरहेको छ ।

यसमा तपाइको मत