काठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा


parkकाठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ।
हाल कामपाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेका कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही पार्क निर्माण भइसकेका छन् भने केही निर्माण हुने प्रक्रियामा रहेका छन्। निर्माणको प्रक्रियामा रहेका पार्क पनि यही असार २५ गतेसम्ममा सम्पन्न भइसक्ने छन्। ३५ वटै वडामा पार्क बनाउने तयारी कामपाको रहेको छ।
पार्क निर्माण गरिएका स्थानमा हरियाली बनाउनका लागि विभिन्न किसिमका फूल रोप्ने काम पनि भएको छ।
यसैबीच, कामपाले १८ औँ सार्क शिखर सम्मेलनमा रोपेका बोटबिरुवाको पनि संरक्षण गरिएको छ। उक्त समयमा त्रिपुरेश्वर, थापाथली, माइतीघर, सुन्धारा, कालीमाटी, टेकु लगायतका स्थानमा सातसय बिरुवा रोपेकामा एकसय बिरुवा भाँचिने र उखेलिने भएको थियो।
सबै स्थानमा उखेलिने र भाँचिएका झन्डै एक सय बिरुवा रोप्ने काम पनि कामपाले गरिसकेको छ। रासस

यसमा तपाइको मत