‘स्वतन्त्र युवा-विद्यार्थी अभियान’ को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो। यसको सुरुवात शनिबार साउन १ गते भयो।
प्रदर्शनमा बालबालिकाले समेत ब्यानर बोकेका थिए। ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै केही वक्ताले त्यहीँ कोणसभा गर्दै भाषण पनि गरेका थिए।



