राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता


Bidhya-Bhandariकाठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पारेको जनाइएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उहाँहरुबीच सो भेटघाट भएको हो ।

नेपालको संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ ।  काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबारदेखि छलफल भएको प्रस्तावको आज टुङ्गो लाग्ने संसद्को कार्यसूची छ । रासस

यसमा तपाइको मत